भारतले ७ रनको अन्तरमा ६ विकेट गुमाउँदा अस्ट्रेलियाको कमब्याक
सारांश
- अस्ट्रेलियाले भारतलाई १७ रनले हराएर टी-२० शृङ्खलामा १-१ को बराबरी गरेको छ।
- अस्ट्रेलियाका लागि जर्जिया वालले ८८ रन बनाइन् भने भारतका लागि शेफाली वर्मा र स्मृति मन्धानाले राम्रो सुरुवात गरे।
- अन्तिम खेल शनिबार एडिलेड ओभलमा हुनेछ, जुन शृङ्खलाको निर्णायक हुनेछ।
क्यानबरा । क्यानबरामा बिहीबार सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा घरेलु टोली अस्ट्रेलियाले भारतीय महिला टोलीलाई १७ रनले स्तब्ध पारेको छ।
यो जितसँगै तीन खेलको टी-२० शृङ्खलामा अस्ट्रेलियाले १-१ को बराबरी गर्दै पुनरागमन गरेको छ। अब शनिबार हुने तेस्रो खेल नै शृङ्खलाको निर्णायक 'फाइलन' हुनेछ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। अस्ट्रेलियाको जितमा ओपनर जर्जिया वाल नायक साबित भइन्। उनले ५७ बलमा ११ चौका र १ छक्काको मद्दतले आक्रामक ८८ रन प्रहार गरिन्।
उनलाई बेथ मुनीले ४६ रन बनाएर बलियो साथ दिएकी थिइन्। यी दुईबिच पहिलो विकेटका लागि १२८ रनको उत्कृष्ट साझेदारी भएपछि अस्ट्रेलिया ठुलो स्कोरतर्फ अग्रसर देखिए पनि अन्तिम ओभरहरूमा भारतीय बलरले खेलमा फर्किँदै रनको गति नियन्त्रण गरेका थिए। भारतका लागि अरुन्धती रेड्डीले सर्वाधिक २ विकेट हात पारिन्।
१६४ रनको लक्ष्य पछ्याएको भारतीय टोलीको सुरुवात निकै उत्साहजनक थियो। ओपनर शेफाली वर्मा र स्मृति मन्धानाले पावरप्लेमा ५४ रन जोड्दै टोलीलाई जितको आशा दिलाएका थिए। तर, सातौँ ओभरमा शेफाली आउट भएपछि भारतीय ब्याटिङ अर्डर धर्मराउन पुग्यो।
कप्तान हरमनप्रीत कौरले ३६ रन र ऋचा घोषले केही सम्हालिएर खेले पनि चौथो विकेटको साझेदारी तोडिएपछि भारतले नाटकीय रूपमा ७ रनको अन्तरमा ६ विकेट गुमाउन पुग्यो। अन्ततः भारतले ९ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो।
अस्ट्रेलियाका लागि एस्ले गार्डनरले घातक बलिङ गर्दै ३ विकेट लिइन् भने किम गार्थ, एनाबेल सदरल्याण्ड र सोफी मोलिन्युले समान २-२ विकेट बाँडे।
८८ रनको सानदार इनिङ्स खेलेकी जर्जिया वाल 'प्लेयर अफ द म्याच' घोषित भइन्। अब दुई देशबिचको निर्णायक भिडन्त फेब्रुअरी २१ मा एडिलेड ओभलमा हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026