इरानसँगको आणविक वार्ता अबको १० दिनमा वारपार : ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको आणविक वार्ता १० दिनभित्र टुङ्गो लगाउने बताएका छन्।
- ट्रम्पले सम्झौता नभए 'नराम्रा कुराहरू' हुने चेतावनी दिएका छन्, जसले मध्यपूर्वमा नयाँ तरङ्ग ल्याएको छ।
- अमेरिकाले सैन्य उपस्थिति बढाउँदै गर्दा, विश्लेषकहरूले यसलाई इरानमाथि हमलाको सङ्केतका रूपमा लिएका छन्।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच जारी आणविक वार्ताको भविष्य अबको १० दिनभित्र टुङ्गो लाग्ने घोषणा गरेका छन्। वासिङ्टन डीसीमा आयोजित ‘बोर्ड अफ पिस’ को उद्घाटन बैठकलाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग अब अर्थपूर्ण सम्झौता हुनैपर्ने, नत्र स्थिति भयावह हुने चेतावनी दिएका हुन्।
मध्यपूर्वमा एकातिर तनाव बढिरहेको र अर्कोतिर अमेरिकी सेनाको उपस्थिति बाक्लिँदै गएको समयमा ट्रम्पको यो टिप्पणी आएको छ। स्थानीय विश्लेषकहरूले ट्रम्पको यस भनाइलाई १० दिनभित्र सम्झौता नभए इरानमाथि अमेरिकी हमला हुनसक्ने सङ्केतका रूपमा लिएका छन्।
इरानसँग वर्षौंदेखि अर्थपूर्ण सम्झौता गर्न नसकिएको स्वीकार गर्दै ट्रम्पले यसपटक भने नतिजा निकाल्नैपर्ने अडान राखेका छन्। उनले सम्झौता नभए ‘नराम्रा कुराहरू’ हुने भन्दै कडा शब्दमा धम्की दिएका छन्, जसले विश्व राजनीति र मध्यपूर्वमा नयाँ तरङ्ग पैदा गरेको छ।
यो घटनाक्रमसँगै अमेरिकाले त्यस क्षेत्रमा दोस्रो विमानवाहक युद्धपोत समूह समेत पठाइरहेको छ, जसले सम्भावित सैन्य मुठभेडको खतरालाई झनै बलियो बनाएको छ। इरानी आणविक कार्यक्रमलाई लिएर दुई देशबिच लामो समयदेखि अप्रत्यक्ष वार्ता भइरहे पनि दुवै पक्षका माग र अडानबिच ठुलो खाडल देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण