उत्तरपूर्वी इजिप्टमा सडक दुर्घटना, १८ जनाको मृत्यु
सारांश
- इजिप्टको पोर्ट सइद प्रान्तमा ट्रक र पिकअप ठोक्किँदा १८ जनाको मृत्यु भएको छ ।
- दुर्घटनामा अधिकांश माछा फार्ममा काम गर्ने मजदुरको मृत्यु भएको छ, भने केही घाइते भएका छन् ।
- दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु भएको छ, तीव्र गति र ट्राफिक नियम उल्लंघन मुख्य कारण हुनसक्छन्।
कायरो । इजिप्टको उत्तरपूर्वी पोर्ट सइद प्रान्तमा ट्रक र यात्रुवाहक पिकअप ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये अधिकांश माछा फार्ममा काम गर्न जाने माछा मार्ने मजदुर रहेको जनाइएको छ । सरकारी पत्रिका अल–अहरामका अनुसार दुर्घटना बिहीबार स्थानीय समयअनुसार दिउँसो करिब १२ः३० बजे पोर्ट सइदको दक्षिणमा पर्ने ३० जुन एक्सिस राजमार्गमा भएको हो। घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि सार्वजनिक अभियोजन कार्यालयले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ । समाचार एजेन्सी एपीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरूमा पिकअप ट्रक दुई ठूला मालवाहक ट्रकबीच च्यापिएको र सडकभरि भग्नावशेष छरिएको देखिन्छ । एपीले पिकअपमा सवार मजदुरहरू पोर्ट सइद तटीय क्षेत्रमा रहेका माछा फार्मतर्फ कामका लागि जाँदै गरेको जनाएको छ ।
इजिप्टमा सडक दुर्घटना बारम्बार हुने समस्या बनेको छ । तीव्र गति, सडकको कमजोर अवस्था र ट्राफिक नियमको उल्लंघन आदि यस्ता दुर्घटनाका मुख्य कारण मानिन्छ । गत वर्ष जुनमा पनि ट्रक र मिनिबस ठोक्किँदा अधिकांश किशोरीसहित १९ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण