माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा दिलिका भ्लोनलाई स्वर्ण
सारांश
- काठमाडौंमा भएको चौथो माउन्ट एभरेष्ट तेक्वान्दो प्रतियोगितामा दिलिका भ्लोनले स्वर्ण जितिन्।
- प्रतियोगितामा नेपालका खेलाडीहरूले जुनियरतर्फ उत्कृष्ट प्रदर्शन गर्दै धेरै स्वर्ण पदक जिते।
- प्रतियोगितामा २३ राष्ट्रका १२०० खेलाडीको सहभागिता रहेको थियो।
काठमाडौं– राजधानीमा जारी चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी दिलिका भ्लोनले स्वर्ण पदक जितेकी छन् । राष्ट्रिय खेलकुद परिषद्को 'मिसन २०२६' राष्ट्रिय टोलीकी सदस्य समेत रहेकी दिलिकाले महिला ५९ केजी तौल समूहको फाइनलमा भारतकी शाही आरुषि नागालाई पराजित गर्दै स्वर्ण पदक सुरक्षित गरेकी हुन् ।
सोही विधामा नेपालकै सृष्टि विक र सरस्वती भुजेलले कास्य पदकमा चित्त बुझाएका छन् । नेपाल तेक्वान्दो संघको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको जुनियरतर्फ पनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । ४८ केजीमुनिको तौल समूहमा इमोन रानाले भारतका अहमद तहनलाई हराउँदै स्वर्ण जिते भने ४५ केजीमुनि ललित राना मगरले आफ्नै देशका सुभाष धामीलाई पराजित गरी स्वर्ण चुमे ।
५१ केजीमुनि समिर कुँवारले विलुक्स मल्ललाई र ५९ केजीमुनि किरण लामाले भारतका प्रजित सैकियालाई पाखा लगाउँदै स्वर्ण पदक हात पारेका छन् । त्यस्तै ६३ केजीमा रिन्छिन तामाङ, ६८ केजीमा बदल तिवारी, ७३ केजीमा विकास विक र ७८ केजीमा लबरोक्की श्रेष्ठले नेपालका लागि स्वर्ण पदक थपेका छन् । पुरुष ७८ केजी तर्फ भने भुटानका सोनाम चोपहेलले स्वर्ण जित्दा ५५ केजीमा भारतका अभय कुमार सहनीले बाजी मारे ।
महिला जुनियरतर्फ पनि नेपाली खेलाडीको वर्चस्व कायम रह्यो । ४२ केजीमा कृतिका कटुवाल, ४४ केजीमा कृतिका थापा मगर, ४६ केजीमा लक्ष्मी गौतम, ४९ केजीमा सोनिया तामाङ, ५२ केजीमा निर्जला महतो र ५५ केजीमा पच्य प्रतिष्ठाले आ-आफ्नो विधामा स्वर्ण पदक जितेका छन् ।
पुम्से विधातर्फ ५० वर्षमुनि निरु कुमारी मगर र ५० वर्षमाथि त्रिलोक सुब्बाले स्वर्ण जितेका छन् भने ५० वर्षमुनि पुरुष पुम्सेमा भारतका अमित प्रदानले स्वर्ण हात पारे ।
पियर र टिम पुम्सेका विभिन्न विधामा पनि नेपाली टोलीले उल्लेख्य सफलता प्राप्त गरेको छ । नेपालसहित २३ राष्ट्रका १ हजार २०० खेलाडी सहभागी यो प्रतियोगिताले नेपाली तेक्वान्दोको स्तर मापनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजक संघका महासचिव हेमन्त डाँगीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण