कैलालीमा मोटरसाइकल दुर्घटनामा तीन जनाकाे मृत्यु
सारांश
- कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका एक जनाको अस्पतालमा उपचार भइरहेको छ, प्रहरीले जनाएको छ।
- प्रहरीले दुर्घटनाको कारण र लापरबाहीबारे थप अनुसन्धान गरिरहेको छ।
कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ स्थित वनदेवी मन्दिर नजिक शुक्रबार साँझ भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार, शुक्रबार साँझ गोदावरीबाट अत्तरियातर्फ आउँदै गरेको सुप प्र ०१–००९ प ७७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ०१–०१० प ३१८७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा यो दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते भएका धनगढी–२ निवासी हरिस ओलीको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उपचारकै क्रममा गोदावरी नगरपालिका–१ का २१ वर्षीय हरिस विक र सोही ठाउँका अन्दाजी २५ वर्षीय योगेन्द्र शाहले पनि ज्यान गुमाएको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।
यसैबीच, दुर्घटनामा घाइते गोदावरी–६ का अन्दाजी २३ वर्षीय जीवन पाठकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण, गति र लापरबाहीबारे इलाका प्रहरी कार्यालय अत्तरियाले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण