‘लालिमा’ले आत्मबलको सन्देश दिन्छ : निर्देशक मिराज
काठमाडौँ । निर्देशक रोशन मिराजले फिल्म ‘लालिमा’ले यौनकर्मीको कथा मात्र नभएर आत्मबलको सन्देश समेत दिने बताए । फिल्मले नारीलाई फरक कोणबाट चित्रण गरेको उनको भनाई छ ।
शुक्रबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै उनले फिल्म केवल डरको कथा मात्र नभएर जागरण र आत्मबलको कथा समेत भएको बताए । फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्मको पोस्टरमा शीर्ष नायिका रोशनी कार्कीलाई एकल फिचर्ड गरिएको छ । जसमा समस्यामा जेलिएकी रोशनीलाई आत्मविश्वासी, सहनशील र शान्त देखाइएको छ । माथिल्लो शरीरमा कपडा नलगाएकी उनी झ्यालबाट कोठाभित्र छिरेको प्रकाशमा छिन् । पीडापछिको शान्त मुद्रामा उनलाई देख्न सकिन्छ । यो पोस्टरले पनि उनी यौनकर्मीको चरित्रमा रहेको सङ्केत गर्छ ।
फिल्मको पोस्टरले शक्ति, आत्मविश्वास, सहनशीलता र परिवर्तनको सङ्केत दिने निर्देशक मिराजको भनाई छ ।
फिल्मको नायक जीवन भट्टराई हुन् । उनीहरूसँगै फिल्ममा उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्ष भूमिकामा छन् । तीन हजार यौनकर्मीको अनुभव, संघर्ष र भोगाइमा आधारितमा रहेर यो फिल्म तयार भएको निर्माण पक्षको दाबी छ ।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । फिल्म नेसनल सिने ग्रुप नेपालले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण