चुनावी सुरक्षाः सुदूपश्चिममा २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
सारांश
- सुदूरपश्चिम प्रदेशमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन हुँदैछ।
- मतदानस्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा रणनीति बनाइएको छ।
- अति संवेदनशील मतदानस्थलमा सीसीटीभी र मोबाइल गस्तीसहित सुरक्षा व्यवस्था मिलाइनेछ।
धनगढी । नजिकिँदै गरेको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा ७ हजारभन्दा धेरै नेपाल प्रहरी र १३ हजार ६६९ जना निर्वाचन प्रहरी फिल्डमा खटिँदै छन् ।
प्रदेशभित्र कुल १ हजार १७६ मतदान स्थलअन्तर्गत २ हजार १९९ वटा मतदान केन्द्रहरू तोकिएका छन् । सुरक्षा चुनौतीको विश्लेषण गर्दै मतदानस्थलहरूलाई तीन तहमा वर्गीकरण गरिएको छ, जसअनुसार ४८१ स्थललाई अतिसंवेदनशील, ७५७ स्थललाई संवेदनशील र बाँकी ९८६ स्थललाई सामान्य श्रेणीमा राखेर सोहीअनुरूपको सुरक्षा रणनीति बनाइएको छ ।
सुरक्षा जोखिम कम गर्न अति संवेदनशीलसहित ४४५ वटा मतदानस्थलमा सीसीटीभी क्यामेरामार्फत प्रत्यक्ष निगरानी गर्ने व्यवस्थासमेत मिलाइएको छ ।
सुरक्षा संवेदनशीलताकै आधारमा मतदान केन्द्रहरूमा जनशक्ति बाँडफाँट गरिएको छ । एउटा मात्र केन्द्र रहेका सामान्य मतदानस्थलमा ३ जना नेपाल प्रहरी र ५ जना म्यादी प्रहरी खटाइनेछ । संवेदनशील केन्द्रमा ३ जना प्रहरी र ६ जना म्यादी प्रहरी राखिनेछ भने अतिसंवेदनशील केन्द्रमा ३ नेपाल प्रहरीका साथमा १० जना म्यादी प्रहरीले सुरक्षा दिनेछन् । एकभन्दा बढी मतदान केन्द्र रहेका स्थलहरूमा भने हरेक थप केन्द्रका लागि २/२ जनाका दरले अतिरिक्त सुरक्षाकर्मी खटाइनेछ ।
मतदानको समयमा सुरक्षा अवस्था मजबुत बनाउन मोबाइल गस्तीलाई पनि तीव्रता दिइनेछ । हरेक गाउँपालिका र नगरपालिकामा २/२ वटा तथा उपमहानगरपालिकामा ३ वटा मोबाइल गस्ती टोली परिचालन हुनेछन् ।
यसका अतिरिक्त प्रत्येक जिल्लामा थप दुई वटा छुट्टै मोबाइल टोली तैनाथ रहनेछन् । चुनावका बेला हुन सक्ने कुनै पनि आकस्मिक वा चुनौतीपूर्ण परिस्थितिको तत्काल सामना गर्न हेलिकोप्टरलाई तयारी अवस्थामा राख्न संघीय सरकार केन्द्रसँग आवश्यक समन्वय भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण