वर्षाका कारण पाकिस्तान–न्युजिल्यान्ड खेलमा ढिलाइ, ओभर कटौतीको सम्भावना
शनिबार, ०९ फागुन २०८२, २१ : २५
कोलम्बो । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर–८ चरणको पहिलो खेलमा पाकिस्तान र न्युजिल्यान्डबिचको प्रतिस्पर्धा वर्षाका कारण ढिलाइ भएको छ ।
पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेलगत्तै कोलम्बोमा वर्षा सुरु भएपछि खेल प्रभावित भएको हो ।
वर्षाका कारण खेलको ओभर कटौती प्रक्रिया सुरु गरिएको छ । खेलको कट अफ समय राति नेपाली समयअनुसार साढे १० बजे तोकिएको छ । आईसीसीका नियमअनुसार कम्तीमा ५–५ ओभरको खेल भने सम्भव रहने जनाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण