चिनियाँ ठेकेदारको ८० करोड भुक्तानी विवादको मुद्दा न्यायाधीश शर्मा र पोखरेलको इजलासमा
सारांश
- चमेलिया जलविद्युत आयोजनाको मुद्दामा चिनियाँ ठेकेदार कम्पनीले करोडौं रकम मागदाबी गरेको छ।
- सर्वोच्च अदालतले पाटन उच्च अदालत र जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
- नेपाल विद्युत प्राधिकरणले भुक्तानी रोक्न सफल भयो, किनकि सर्वोच्चले मध्यस्थता र अदालतका फैसला कार्यान्वयन नगर्न आदेश दियो।
काठमाडौँ । चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप र पिज्डम पिंगाओ जेभीसहितले करोडौं रकम मागदाबी गरी दायर गरेको मुद्दामा पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
चिनियाँ ठेकेदार कम्पनीले पाटन उच्च अदालत र काठमाडौँ जिल्ला अदालतको फैसला कार्यान्वयनको माग गर्दै रिट दर्ता भएको थियो । यसअघि यो मुद्दामा २०८१ चैत ३ मा सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चिनियाँ ठेकेदार कम्पनीको पक्षमा जिल्ला र उच्च अदालत पाटनबाट भएको फैसला कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको थियो ।
चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी चाइना सेजुवा ग्रुप र पिज्डम पिंगाओ जेभीले नेपाल विद्युत् प्राधिकरणसँग ८० करोड बढी भुक्तानी लिनुपर्ने भन्दै नेपालको विभिन्न अदालत र अन्तर्राष्ट्रिय मध्यस्थतामा समेत मुद्दा दायर गरेका थिए । ती मुद्दाको पक्षमा नेपालको दुवै तहको अदालत र अन्तर्राष्ट्रिय मध्यस्थताले समेत ती कम्पनीको पक्षमा फैसला गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरण दुवै तहको अदालत र अन्तर्राष्ट्रिय फैसलाको विरुद्धमा सर्वोच्च जाने तयारी गरिरहेको बेला ती कम्पनीले भुक्तानी माग गर्दै पाटन उच्च अदालतको फैसला र जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन गर्न र नेपाल विद्युत् प्राधिकरणको बैंक खाता रोक्ने प्रयत्न गरेका थिए । तर, अन्तिम समयमा प्राधिकरणको सम्बन्धित पक्षले सर्वोच्चमा मुद्दा दायर गरेपछि तत्कालका लागि भुक्तानी दिने र बैंक खाता रोक्का गर्ने बाटो बन्द भएको हो ।
सर्वोच्चले पिज्डम पिंगाओ जेभीको पक्षमा भएको फैसलाको सन्दर्भमा ‘१८ मे २०२३ मा मध्यस्थ न्यायाधिकरणबाट भएको निर्णय र सो निर्णयलाई सदर गर्ने गरेको उच्च अदालत पाटनबाट भएको निर्णय र सो निर्णय सदर गर्ने गरेको उच्च अदालत पाटनबाट २०८१-५-३० मा भएको फैसला कार्यान्वयन नगर्नु नगराउनु’, भनी सर्वोच्चले आदेश दिएको छ ।
त्यस्तै, सर्वोच्चले चाइना गेजुवा ग्रुपको पक्षमा भएको फैसलाको सन्दर्भमा ‘निवेदकले मुख्य रूपमा हदम्यादको प्रश्न उठाई मध्यस्थ न्यायाधिकरण तथा उच्च अदालत पाटनको फैसला उपर रिट निवेदन दायर भएको देखिएको र प्रस्तुत निवेदनको टुङ्गो नलाग्दै उक्त फैसला कार्यान्वयन हुँदा निवेदकलाई अपूरणीय क्षति पुग्ने अवस्थाको विद्यमानता देखिँदा निवेदनको अन्तिम टुङ्गो नलागेसम्म १७ सेप्टेम्बर २०२३ मा मध्यस्थ न्यायाधिकरणबाट भएको मिति २०८१-३-१६ मा भएको फैसला एवं काठमाडौँ जिल्ला अदालतको ल.नं.१३९९-५४०० को निवेदनसमेत कार्यान्वयन नगर्नु’ सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण