१२ बजे १२ समाचार: कनिकादेखि गोलभेँडासम्म आयातदेखि कोशीका २४ आयोजना रुग्णसम्म
सारांश
- गृह मन्त्रालयले चुनाव प्रचारका क्रममा लाञ्छना लगाउने घटनाप्रति ध्यानाकर्षण जनाएको छ।
- रास्वपाले सरकार बनाउने दाबी गरे पनि वाचापत्रमा विरोधाभास देखिएको छ, र नेतृत्वमाथि सुशासनको प्रश्न उठेको छ।
- विशेष अदालतले पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. चुनाव प्रचार गर्दा लाञ्छना लगाए कारबाही
चुनाव प्रचारका क्रममा विभिन्न जिल्लाहरूमा राजनीतिक दल तथा व्यक्तिविरुद्ध लाञ्छना लगाउने घटना भइरहेको भन्दै गृह मन्त्रालयले त्यसबारे ध्यानाकर्षण भएको जनाएको छ ।
२. कनिकादेखि गोलभेँडासम्म आयात
कृषि प्रधान देश नेपालमा ठुलो परिमाणमा बाहिरी मुलुकबाट कृषिजन्य वस्तु धानचामल कनिकादेखि तरकारीजन्य वस्तु आयातमा ठुलो रकम बाहिरिने गरेको छ ।
३. रास्वपाको बाचापत्रमा विरोधाभास
वैकल्पिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनमा बहुमतका साथ सरकार बनाउने दाबी गर्दै आएको छ । त्यही अनुसार रास्वपा अहिले भावी प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाहलाई अगाडि सारेर देश दौडाहा गरिरहेको छ ।
४. मतदाता नेकपाप्रति आकर्षित
थप:
५. निर्वाचन
स्थानीय तहको विकासबारे चर्चा गर्दा चितवनको भरतपुर महानगरपालिकाको नाम छुट्दैन। फराकिला र सफा सडकका कारण चितवन महानगर राष्ट्रिय मूल्याङ्कनमा पनि पटकपटक उत्कृष्ट बन्दै आएको छ ।
६. कुलमानलाई मतदाताको मौन आश्वासन
कुलमान आउनुअघिसम्म उनीहरू छेउको चियापसलमा चिया–नास्ता गर्दैथिए भने कोही कुलमान घिसिङ चाँडै आउने भन्दै माइकिङ गरिरहेका थिए । केही कार्यकर्ता मतदातालाई दिन नमुना मतपत्र र कुलमानको प्रतिवद्धता–पत्र मिलाउन व्यस्त थिए ।
७. अदालत
विशेष अदालतले पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
थप:
८. निर्वाचन आयोगको सिफारिस
९. विश्वकप
१०. प्रतिनिधिसभा निर्वाचन: ११ प्रमुख जिल्ला अधिकारीमा महिला
गृह मन्त्रालय अन्तर्गतका ११ जिल्ला प्रशासन कार्यालयको नेतृत्व अहिले महिलाले गरिरहेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुँदै छ । निर्वाचनमा जिल्ला प्रशासन कार्यालयले कर्मचारी र सुरक्षाको कमान्ड सम्हाल्छ ।
११. कांग्रेसको प्रतिज्ञा: ०७९ का प्राथमिकता, ०८२ का भिजन–१०
२०७९ को घोषणापत्रमा कांग्रेसले ८ क्षेत्रलाई प्राथमिकतामा राखेर घोषणापत्र ल्याएको थियो । अहिले भने कांग्रेसले ‘भिजन–१०’ अवधारणामा घोषणापत्र ल्याएको छ ।
१२. कोशीका २४ आयोजना रुग्ण
सुदूरपश्चिमको धनगढीमा गएको बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको आमसभामा वरिष्ठ नेता बालेन्द्र शाहले समयमा सडक नबनाउनेलाई रूखमा बाँधेर हुन्छ कि खोरमा जाकेर बाटो बन्नुपर्ने बताए ।
त्यसको भोलिपल्ट अर्थात् बिहीबार नेपाली कांग्रेसका सभापति गगन थापाले बालेनलाई कटाक्ष गर्दै कसैलाई घोक्राएर सडक छिटो नबन्ने बताए । यी दुईको दोहोरी हेर्दा सडक कुन हिसाबले बन्छ भन्ने स्पष्ट पार्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वित्त बजार र अर्थतन्त्रमा प्रदेश बजेटले के परिवर्तन ल्याउला ?
-
मुख्य राजमार्गको अवस्था : कतै पहिरो, कतै मर्मतले सडक अवरुद्ध
-
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए कोलम्बिया र कङ्गो
-
रौतहटमा चोरी भएको ३० मिनेट भित्रै मोटरसाइकलसहित २ जना पक्राउ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आन्तरिक स्रोतमा कर्णालीको ‘कन्तबिजोग’: आम्दानीमा उल्लेख्य सुधार नआउँदा घटाइयो लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण