अब चुनाव प्रचार गर्दा कसैविरुद्ध लाञ्छना लगाए गृह मन्त्रालयले कारबाही गर्ने
काठमाडौँ । चुनाव प्रचारका क्रममा विभिन्न जिल्लाहरूमा राजनीतिक दल तथा व्यक्तिविरुद्ध लाञ्छना लगाउने घटना भइरहेको भन्दै गृह मन्त्रालयले त्यसबारे ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रालयका अधिकारीहरूसँग त्यसबारे छलफल गरेका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनविरोधी गतिविधि र दल तथा व्यक्तिहरूविरुद्ध लाञ्छना लगाउने कार्य दण्डनीय भएकाले त्यस्तो गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने निर्णय गरिएको गृह मन्त्रालयकी सहप्रवक्ता (उपसचिव) रमा आचार्य सुवेदीले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘यस्तो कार्य गर्ने जो कोही व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही हुने मन्त्रालयले स्पष्ट पारेको छ ।’
गृह मन्त्रालयले निर्वाचन बिरोधी गतिविधि गर्ने, टायर बाल्ने, राँके जुलुस निकाल्ने र सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलगायत घटनामा ध्यानाकर्षण भएको जनाएको छ ।
त्यस्तै धार्मिक सम्प्रदायबिचको सम्बन्धमा खलल पार्ने र हिंसात्मक गतिविधि गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने उपसचिव सुवेदीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण