टी–२० विश्वकपः सुपर ८ मा इंग्ल्यान्डसँग श्रीलंका ५१ रनले पराजित
कोलम्बो। टी–२० विश्वकपअन्तर्गत दोस्रो अन्तिम आठ चरणको खेलमा आयोजक श्रीलंका इंग्ल्यान्डसँग ५१ रनले पराजित भएको छ ।
क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा श्रीलंकाले टस जितेर पहिले बलिङ रोजेको थियो ।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । प्रारम्भिक ब्याटर फिल साल्टले ४० बलमा ४ चौका र २ छक्का सहित ६२ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलेका थिए। विल ज्याक्सले २१ रनको योगदान दिए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
१४७ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुआत कमजोर रह्यो । नियमित अन्तरालमा विकेट गुमाएको श्रीलंका १६ दशमलव ४ ओभरमा ९५ रनमै सबै विकेट गुमाउँदै पराजित भयो । कप्तान दसुन शनाकाले सर्वाधिक ३० रन बनाए ।
बलिङतर्फ इंग्ल्यान्डका विल ज्याक्सले ३ विकेट लिए । उनले पवन रत्नायके र कुसल मेन्डिसलाई लगातार दुई बलमा आउट गरेका थिए । जोफ्रा आर्चरले पथुम निसांकालाई आउट गर्दै श्रीलंकाको इनिङ्स थप दबाबमा पारे ।
यस जितसँगै इंग्ल्यान्डले अन्तिम आठ चरणमा महत्त्वपूर्ण दुई अंक जोडेको छ भने श्रीलंका दबाबमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण