स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई एपोलो हाइड्रोपावरको आईपीओ खुल्यो
सारांश
- एपोलो हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुलेको छ।
- कम्पनीले जारी गरेको पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्ने भएको छ।
- आईपीओ आवेदन दिने म्याद र तरिका स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरूका लागि फरक-फरक तोकिएको छ।
काठमाडौँ । प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि एपोलो हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । सोमबारदेखि हाइड्रोपावरको प्राथमिक सेयर खुलेको हो ।
कम्पनीले जारी गरेको पुँजी ४७ करोडको ३० प्रतिशत अर्थात् १४ लाख १० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमा १० प्रतिशत अर्थात् ४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको लागि निष्कासन गर्न लागिएको हो ।
त्यस्तै, कम्पनीले १० प्रतिशत अर्थात् ९४ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकालाई निष्कासन गर्न लागेको छ । कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।
प्रभावित क्षेत्रका रूपमा ओखलढुङ्गा जिल्लाका खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ र ८, सोलुखुम्बु जिल्लाको लिखुपिखे गाउँपालिका २, रामेछाप जिल्लाको उमाकुन्ड गाउँपालिका वडा नम्बर २ र ३ तथा गोकुलगंगा गाउँपालिका वडा नम्बर १ रहेका छन् ।
आयोजना प्रभावित स्थानीयवासीले छिटोमा फागुन २५ गतेसम्म र ढिलोमा चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले छिटोमा फागुन १४ र ढिलोमा २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
अङ्कित मूल्य १ सयका दरले रकम भुक्तानी गर्नुपर्नेछ । न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
६ मेगावाट क्षमताको सो आयोजना रनअफ रिभरमा आधारित छ । आयोजना करिब सम्पन्न भइसकेको छ भने प्रसारण लाइनको काम अन्तिम चरणमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण