शिक्षक, प्राध्यापक र कर्मचारी चुनाव प्रचारमा लागे कारबाही गर्ने आयोगको चेतावनी
सोमबार, ११ फागुन २०८२, १६ : ५९
सारांश
- निर्वाचन आयोगले शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई आचारसंहिता विपरीत प्रचारमा संलग्न नहुन चेतावनी दिएको छ।
- आयोगले राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचार गरेको उजुरी आएको जनाएको छ।
- आयोगले शिक्षा ऐन र निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
काठमाडौँ । निर्वाचन आयोगले शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई निर्वाचन आचारसंहिता विपरीत कुनै पनि दल र उम्मेदवारको चुनाव प्रचारमा नलाग्न चेतावनी दिएको छ ।
आयोगले सोमबार विज्ञप्ति जारी गर्दै केही प्राध्यापक तथा शिक्षक कर्मचारीहरू राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोबारे उजुरी परेको जनाएको छ ।
आयोगले उक्त कार्य शिक्षा ऐन र निर्वाचन आचारसंहिता २०८२ को दफा १० को खण्ड (ग) विपरीत भएको प्रस्ट पार्दै सचेत गराएको सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
प्रवक्ता भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन प्रचार प्रसार गतिविधिमा सामेल भएको पाइए आचारसंहिताको दफा ४८ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण