पिपलकाँडा–मेलगौरी सडक भ्रष्टाचार मुद्दाका प्रतिवादीले पाए सफाइ
सारांश
- विशेष अदालतले पिपलकाँडा-मेलगौरी सडक खण्ड निर्माणमा भ्रष्टाचार मुद्दाका सबै प्रतिवादीहरूलाई सफाइ दिएको छ।
- अख्तियारले २१ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबी गरे पनि अदालतले स्थलगत नापजाँचपछि वास्तविक लम्बाइ ३७०० मिटर रहेको पुष्टि गर्यो।
- सडकको चौडाइ र नापी किताब अनुसार काम भएको फेला परेको र बढी मूल्यांकन गरी भुक्तानी लिएको अभियोग पुष्टि नभएको अदालतको ठहर छ।
काठमाडौँ । विशेष अदालतले पिपलकाँडा–मेलगौरी सडक खण्ड निर्माणमा भ्रष्टाचार भएको भनिएको मुद्दामा सबै प्रतिवादीहरूलाई सफाइ दिएको छ । अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त फैसला सुनाएको हो ।
सफाइ पाउनेहरूमा दुर्गाबहादुर ओली, दलबहादुर ओली, महेन्द्र शर्मा, शान्तबहादुर बस्नेत र मालिका बस्नेत निर्माण सेवा रहेका छन् । बाफिकोट गाउँपालिकाअन्तर्गतको उक्त सडक निर्माणमा वास्तविक कार्यभन्दा बढी भुक्तानी दिइएको दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडकको लम्बाइ २९०० मिटर मात्र रहेको तर ३७०० मिटरको भुक्तानी दिइएको भन्दै २१ लाख ६३ हजार ८६५ रुपैयाँ ४४ पैसा भ्रष्टाचार भएको दाबी गरेको थियो । तर, विशेष अदालतको आदेश बमोजिम जिल्ला अदालत मार्फत गरिएको स्थलगत प्राविधिक नापजाँचका क्रममा सडकको वास्तविक लम्बाइ ३७०० मिटर नै रहेको पुष्टि भएको फैसलामा उल्लेख छ ।
साथै, सडकको चौडाइ पनि ३.८ मिटरदेखि ७.४ मिटरसम्म रहेको र नापी किताब अनुसार काम भएको फेला परेको अदालतले जनाएको छ । अदालतले स्थलगत मुचुल्कामा उल्लेखित तथ्य र प्राविधिक प्रतिवेदनका आधारमा ‘बढी मूल्याङ्कन गरी भुक्तानी लिएको’ भन्ने अभियोग दाबी वस्तुनिष्ठ रूपमा पुष्टि हुन नसकेको ठहर गरेको छ ।
यो सडक आयोजनाको कुल लागत अनुमान १ करोड १९ लाख ८२ हजार ७९३ रुपैयाँ ३७ पैसा रहेकोमा मालिका बस्नेत निर्माण सेवासँग ७७ लाख ४४ हजार ५७० रुपैयाँ ५२ पैसामा सम्झौता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण