बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति

सोमबार, ११ फागुन २०८२, २० : १८
सोमबार, ११ फागुन २०८२

सारांश

  • सिंहदरबार जलाएको आरोप लागेका महेन्द्र गौतमलाई सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको छ।
  • महान्यायाधिवक्ताको निर्देशनमा गौतमविरुद्ध मुद्दा नचल्ने निर्णय भएको हो, प्रहरीले उनलाई पक्राउ गरेको थियो।
  • यसअघि महान्यायाधिवक्ताले डिम्ब तस्करी र सहकारी ठगीका आरोपीलाई पनि उन्मुक्ति दिएकी थिइन्।

काठमाडौँ । सिंहदरबार जलाएको आरोपमा पक्राउ परेका एक जना आरोपीलाई सरकारी वकिलले मुद्दाबाट उन्मुक्ति दिएको छ । चितवनको खैरहनी नगरपालिका–९ घर भएर अनामनगर बस्दै आएका महेन्द्र गौतमलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरी काफ्लेले मुद्दा नचलाउने निर्णय गरेका हुन् ।

प्रहरीले अनुसन्धान प्रतिवेदन पेस गरेपछि फागुन ८ मा सरकारी वकिलले उनको मुद्दा अदालत नलैजाने निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीको निर्देशनमा उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको जिल्ला सरकारी वकिल कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । माघ २२ मा प्रहरीले पक्राउ गरेर उनीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो ।  

महान्यायाधिवक्ता भण्डारीले यसअघि आफ्नो स्वार्थ बाझिने ‘होप फर्टिलिटी सेन्टर’ पनि पनि डिम्ब तस्करीमा उन्मुक्ति दिएकी थिइन् ।

भण्डारीले केही समयअघि सहरकारी ठगीमा संलग्न आरोपी रवि लामिछाने, छविलाल जोशी र जीवी राई सहित ५० जनाभन्दा धेरैको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोगपत्र फिर्ता लिने निर्णय गरेकी थिइन् । गत भदाैमा भएकाे जेनजी आन्दाेलनमा देशकाे प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जलाइएकाे थियाे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप