इजिप्टमा नेपालबारे फोटो प्रदर्शनी
काठमाडौँ । इजिप्टको कायरोस्थित कायरो ओपेरा हाउसमा “नेपालः द सिन एण्ड द अनसिन’’ विषयमा फोटो प्रदर्शनी गरिएको छ ।
कायरोस्थित नेपाली राजदूतावासले इजिप्टको संस्कृति मन्त्रालय र कायरो ओपेरा हाउससँगको सहकार्यमा फागुन १० गतेदेखि आयोजना गरिएको सो फोटो प्रदर्शनी फागुन १४ गतेसम्म जारी रहने कायरोको नेपाली दूतावासले जनाएको छ।
फोटो प्रदर्शनीको उद्घाटन इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल, प्रख्यात फोटोग्राफर तथा फोटो पत्रकार असरफ तालात, कायरो ओपेरा हाउसका अध्यक्ष प्रा. डा. अला अब्देल सलामले संयुक्त रुपमा गरेका छन्।
राजदूत लम्सालले नेपाल र इजिप्टबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन यसखालको प्रदर्शनी आवश्यक रहेको बताए । दुई देशको कला र संस्कृतिले सम्बन्धलाई बलियो बनाउनमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
द्विपक्षीय सांस्कृतिक आदानप्रदानलाई सहज बनाउन इजिप्ट सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगप्रति आभार प्रकट गर्दै उनले गत वर्षको जुलाईमा सालाह ताहेर ग्यालरीमा आयोजित ‘फेसेस अफ नेपाल’ फोटो प्रदर्शनी भएको थियो ।
प्रदर्शनीहरूले इजिप्टका नागरिकहरुलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पन्नता र सामाजिक परिवेशबारे जानकारी गराउने गरेको बताए ।
सो अवसरमा फोटोग्राफर असरफले वर्षौंदेखि नेपालका विभिन्न सांस्कृतिक पक्षहरूलाई क्यामरामा कैद गर्दाका अनुभवहरू सुनाएका थिए । आफ्ना कार्यहरूले नेपालको बाह्य सुन्दरता र नेपालको पहिचान झल्काउने सूक्ष्म कथाहरू दुवैलाई उजागर गर्ने प्रयास गरेको बताए।
नेपाल र इजिप्टबीचको कलात्मक सहकार्यको हिस्सा हुन पाएकोमा खुसी व्यक्त गर्दै असरफले जनवरी–फेब्रुअरी २०२६ मा आफ्नो नेपाल भ्रमणको सहजीकरण गरिदिएकोमा राजदूतावासलाई धन्यवाद दिए ।
प्रदर्शनीमा फोटो पत्रकार असरफले खिचेका ४२ वटा तस्विरहरू प्रदर्शनमा राखिएका छन् । यी तस्बिरहरूले काठमाडौँ उपत्यकाको जनजीवन र त्यहाँका समृद्ध सांस्कृतिक परम्पराहरूलाई झल्काइ रहेको दूतावासले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण