निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन् : सुनिल शर्मा
काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै आफ्नो मुख्य चुनावी एजेण्डा भएको बताएका छन्।
पथरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा. शर्माले ‘कांग्रेस बोल्छ कम, काम बढी गर्छ’ भन्ने गिरिजाप्रसाद कोईरालाको मान्यतालाई आफूले व्यवहारमा उतारेको दाबी गरे । उनले पथरीमा निर्माण भएको ३५ करोडको खानेपानी ट्याङ्की र ३० वर्षदेखि अलपत्र रहेको पथरी–डायनिया–सिक्टी व्यापारिक मार्गको निर्माण कार्यलाई आफ्नो प्रमुख उपलब्धिको रूपमा प्रस्तुत गरे।
डा. शर्माले गत ३५ वर्षदेखि सुकुम्वासीहरूले भोग्दै आएको धनीपुर्जा सम्बन्धी समस्या समाधानका लागि आफूले ठोस पहल गरेको बताए। शिक्षा र स्वास्थ्य क्षेत्रमा आफ्नो विशेष रुचि रहेको बताउँदै डा. शर्माले २५ वर्षदेखि रोकिएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनको निर्णय गराउन सफल भएकोमा खुशी व्यक्त गरे । उनले आगामी दुई हप्ताभित्र डाक्टर पढ्ने विद्यार्थी आउने र ५ वर्षभित्र ५०० शैय्याको अत्याधुनिक टिचिङ अस्पताल निर्माण हुने घोषणा गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण