टेकुस्थित होटलमा बन्धक बनाइएका बोहराको सकुशल उद्धार, अपहरण अभियोगमा ३ जना पक्राउ
सारांश
- टेकुस्थित एक होटलमा बन्धक बनाइएका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ।
- प्रहरीले अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
- घाइते बनाइएका पूर्ण बहादुर बोहरालाई होटलको कोठाबाट उद्धार गरिएको हो।
काठमाडौँ । काठमाडौँको टेकुस्थित एक होटलमा बन्धक बनाइएका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ। अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ‘रोडलाईन प्यालेस होटल’ बाट पीडितको उद्धार गरेको हो।
उक्त होटलका सञ्चालक शिव बहादुर घर्तीको होटलको कोठा नं. १०५ मा पूर्ण बहादुर बोहरालाई बन्धक बनाई कुटपिट गरी घाइते बनाइएको भन्ने विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा खटिएको टोलीले बोहरालाई सकुशल उद्धार गरेको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना व्यक्तिहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फपेन्द्र न्यौपाने, धनराज बस्नेत र शिव बहादुर घर्ती रहेका छन् ।
पक्राउ परेका तीनै जनालाई अपहरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण