बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रोल्पाको घोराही–होलेरी सडकखण्डमा ओभरलोडले क्षति पुर्‍याएको भन्दै सवारी साधनको भारवहन नियमन गर्न आग्रह

बुधबार, १३ फागुन २०८२, १२ : ३३
बुधबार, १३ फागुन २०८२

सारांश

  • सडक विभागले रोल्पाको घोराही-होलेरी सडकखण्डमा क्षमताभन्दा बढी भारवहन गर्ने मालवाहक ट्रक र टिपरलाई नियन्त्रण गर्न सूचना जारी गरेको छ।
  • सवारी साधनको भारवहन नियमनका लागि निर्देशिका २०७४ अनुसार तौल गणना विधिबारे जानकारी गराइएको छ।
  • सम्बन्धित सबै पक्षलाई तोकिएबमोजिम भारवहन गरी सार्वजनिक सडकको संरक्षणमा सहयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौँ ।  सडक विभाग अन्तर्गत सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतको शहिदमार्ग सडक योजना, रोल्पाले घोराही–होलेरी सडकखण्डमा मालवाहक ट्रक तथा टिपरहरुले क्षमताभन्दा बढी भारवहन गर्दा सडक जीर्ण बन्दै गएको भन्दै सार्वजनिक सूचना जारी गरेको छ । विशेषगरी चुनढुङ्गा खानीहरूबाट आउने सवारी साधनमा ओभरलोडको समस्या देखिएको सूचनामा उल्लेख छ ।

सडक विभागले मालवाहक सवारी साधनको भारवहन नियमनका लागि निर्देशिका, २०७४ को दफा १३ को उपदफा ४ बमोजिम तौल गणना विधिबारे जानकारी गराएको छ । जसअनुसार सवारी साधनमा रहेको सबै मालसामान, सवारीका चालक, सहचालक लगायत सवारीमा सवार सबै व्यक्ति, सवारीमा रहेका मेशिनरी, औजार तथा स्पेयर पार्ट्स, इन्धन ट्यांकीमा रहेको इन्धनसहितको कुल वजनलाई गणना गर्नुपर्नेछ ।

निर्देशिकाको अनुसूची–१ मा तोकिएबमोजिमको सवारीको अधिकतम कुल वजन दुई एक्सल (चार पांग्रा) को लागि  १२ टन, दुई एक्सल (छ पांग्रा) १६.२० टन, तीन एक्सल (दश पांग्रा) २५ टन, चार एक्सल (१२ पांग्रा) ३१ टन, चार एक्सल (१४ पांग्रा) ३० टन र पाँच एक्सल (१८ पांग्रा) को लागि ४०.२० टन हुनुपर्ने उल्लेख छ । 

साथै जारी गरेको सूचनामा सम्बन्धित सबै पक्षलाई तोकिएबमोजिम भारबहन गरी आ–आफ्नो जिम्मेवारी बहन गर्न र नियमन गर्ने निकायलाई भारवहन नियमनमा आफ्नो जिम्मेवारी पूरा गरी सार्वजनिक सडकको संरक्षणमा सहयोग गर्न अनुरोध गरिएको छ । 

vvvv

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप