इजरायली संसद्मा मोदीको प्रशंसा, नेतन्याहूले भने, ‘तपाईं मेरो साथी मात्र होइन भाइ हो’
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलको दुई दिने औपचारिक भ्रमणमा पुगेका छन्, जहाँ उनलाई भव्य स्वागत गरियो।
- इजरायली प्रधानमन्त्रीले मोदीलाई 'महान भारतीय नेता' को संज्ञा दिँदै दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिएको बताए।
- भ्रमणका क्रममा रक्षा, प्रविधि र व्यापारिक साझेदारी लगायतका विषयमा छलफल हुनेछ।
काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका लागि इजरायल पुगेका छन्। भ्रमणका क्रममा इजरायली संसद ‘क्नेसेट’ पुग्दा मोदीको भव्य स्वागत गरिएको छ भने संसद भवनभित्रै ‘मोदी–मोदी’ को नारा गुञ्जिएको छ।
मोदीले संसदलाई सम्बोधन गर्नुअघि इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले सम्बोधन गर्दै भारतीय प्रधानमन्त्रीलाई एक ‘महान भारतीय नेता’ को संज्ञा दिएका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्री नेतन्याहूले मोदीको कार्यकालमा दुई देशबिचको सम्बन्धले नयाँ उचाई छोएको चर्चा गरे।
उनले मोदीलाई अंकमाल गर्दै भने, ‘म यो भन्न चाहन्छु कि तपाईं मेरो साथी मात्र हुनुहुन्न, तपाईं मेरो भाइ पनि हुनुहुन्छ।’ मोदीको यो भ्रमणलाई इजरायलले निकै महत्त्व दिएको छ। उनलाई स्वागत गर्न प्रधानमन्त्री नेतन्याहू र उनकी पत्नी सारा आफैँ विमानस्थल पुगेका थिए।
प्रधानमन्त्री मोदीले इजरायल पुगेलगत्तै सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो सम्मानप्रति आभार व्यक्त गरेका छन्। उनले नेतन्याहू दम्पती विमानस्थलमै आएर स्वागत गरेकोमा आफूलाई सम्मानित महसुस भएको बताउँदै यो भ्रमणले भारत र इजरायलबिचको मित्रतालाई थप मजबुत बनाउने र द्विपक्षीय वार्ताबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे।
इजरायली प्रधानमन्त्री नेतन्याहूले पनि सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै मोदीको यो भ्रमणलाई ‘ऐतिहासिक’ भनेका छन्। उनले आफू र मोदीबिच गहिरो मित्रता रहेको र बारम्बार कुराकानी हुने गरेको उल्लेख गर्दै व्यक्तिगत सम्बन्धले दुई राष्ट्रको हितमा काम गर्ने बताए।
भ्रमणका क्रममा दुई देशबिच रक्षा, प्रविधि र व्यापारिक साझेदारीका विभिन्न आयाममा छलफल हुने कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण