च्याम्पियन्स लिग: बेन्फिकामाथि रियल मड्रिडकाे जित
बिहीबार, १४ फागुन २०८२, ०४ : ३२
सारांश
- रियल मड्रिडले च्याम्पियन्स लिग प्ले-अफमा बेन्फिकालाई २-१ गोलले पराजित गर्यो।
- खेलमा बेन्फिकाले सुरुवाती अग्रता लिए पनि रियल मड्रिडले पुनरागमन गर्दै जित हासिल गर्यो।
- भिनिसियस जुनियरले ८०औं मिनेटमा गोल गर्दै रियल मड्रिडको जित सुनिश्चित गरे।
काठमाडौँ । आज सम्पन्न च्याम्पियन्स लिगको प्ले–अफको दोस्रो लेगमा रियल मड्रिडले बेन्फिकालाई २–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै रियल मड्रिड समग्रमा ३–१ को नतिजासहित प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा बेन्फिकाले सुरुवाती अग्रता लिएको थियो । खेलको १४ औँ मिनेटमा राफा सिल्भाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटपछि नै १६ औँ मिनेटमा औरेलियन चुवामेनीले रियल मड्रिडका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रियल मड्रिडले विजयी गोल थप्यो । खेलको ८० औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडको जित सुनिश्चित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण