चिनियाँ वायु सेनालाई तालिम दिएको आरोपमा अमेरिकाका पूर्व पाइलट पक्राउ
सारांश
- अमेरिकी वायुसेनाका पूर्व अधिकारी जेराल्ड ब्राउनलाई चिनियाँ पाइलटहरूलाई अवैध तालिम दिएको आरोपमा पक्राउ गरिएको छ।
- ब्राउनले अमेरिकी अनुमति बिना चिनियाँ पाइलटहरूलाई रक्षा सेवा प्रदान गरेको र षड्यन्त्र गरेको अभियोग छ।
- अमेरिकी अधिकारीहरूले यस घटनालाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित गम्भीर मुद्दाका रूपमा लिएका छन्।
वासिङ्टन डीसी । चिनियाँ सैन्य पाइलटहरूलाई अवैध रूपमा तालिम दिएको आरोपमा अमेरिकाका पूर्ववायुसेना अधिकारी तथा ‘एलिट फाइटर पाइलट’ जेराल्ड ब्राउन पक्राउ परेका छन्। अमेरिकी न्याय मन्त्रालयका अनुसार ६५ वर्षीय ब्राउनलाई बुधबार इन्डियानामा नियन्त्रणमा लिइएको हो ।
ब्राउन लामो समय अमेरिकी वायुसेनामा सेवा गरेका एफ–३५ लाइटनिङ द्वितीय प्रशिक्षक पाइलट हुन् । उनीमाथि सरकारी अनुमति बिना चिनियाँ पाइलटहरूलाई रक्षा सेवा प्रदान गरेको र त्यसका लागि षड्यन्त्र गरेको अभियोग लगाइएको छ।
एफबीआईको काउन्टरइन्टेलिजेन्स तथा जासुसी डिभिजनका सहायक निर्देशक रोमन रोजहाव्स्कीले जोगाउने कसम खाएका उनले देशविरुद्ध लड्ने चिनियाँ पाइलटलाई तालिम दिएर विश्वासघात गरेको आरोप लगाएका छन् । उनले चिनियाँ सरकारले अमेरिकी सशस्त्र बलका वर्तमान तथा पूर्व सदस्यहरूको विशेषज्ञता प्रयोग गरेर आफ्नो सैन्य क्षमता आधुनिकीकरण गर्न खोजिरहेको दाबी गरे।
डिस्ट्रिक्ट अफ कोलम्बियाका अटर्नी जीनिन फेरिस पिरोले पनि ब्राउनसहित राष्ट्रविरुद्ध षड्यन्त्र गर्ने जो–कोहीलाई कानुनी कारबाही गरिने चेतावनी दिइन् ।
न्याय मन्त्रालयका अनुसार ब्राउनले २४ वर्ष अमेरिकी वायुसेनामा सेवा गरेका थिए । उनले विभिन्न युद्ध मिसनको नेतृत्व गर्नुका साथै आणविक हतियार डेलिभरी प्रणालीसँग सम्बन्धित संवेदनशील युनिटहरूको कमान्ड समेत सम्हालेका थिए ।
यस घटनालाई अमेरिकी अधिकारीहरूले राष्ट्रिय सुरक्षासँग सम्बन्धित गम्भीर मुद्दाका रूपमा लिएका छन् । मुद्दा अदालतमा विचाराधीन छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण