काठमाडौँ-९ मा कांग्रेसकी नानु बास्तोलाको घरदैलो, तस्बिरहरू
सारांश
- काठमाडौं क्षेत्र नम्बर ९ मा फागुन २१ गते हुने निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ।
- कांग्रेस नेतृ नानु बास्तोलाले काठमाडौं-९ मा आफ्नो चुनावी योजना सार्वजनिक गरेकी छिन्।
- बास्तोलाले ट्राफिक जाम समाधान, पार्किङ स्थल निर्माण र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाइन्।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ९ मा चुनावी सरगर्मी बढेको छ। यस क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्, जसमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नानु बास्तोला (नानुमैया) को सक्रियता निकै बढेको छ।
_pnNLwPPCNj.jpg)
पार्टीको विशेष महाधिवेशनपछि कार्यकर्तामा देखिएको नयाँ उत्साहले आफूलाई थप ऊर्जा दिएको बास्तोलाको भनाइ छ। उनी भन्छिन्, ‘म यही क्षेत्रको स्थायी बासिन्दा भएकाले यहाँका जनताको सुख-दुःख र आवश्यकतालाई नजिकबाट बुझेकी छु। अब जनताका ती समस्या र आवाजलाई संसद्मा पुर्याएर कानुनमार्फत सम्बोधन गर्ने मेरो मुख्य लक्ष्य हो।’
_TuI1cpf9ld.jpg)
बास्तोलाले काठमाडौँ-९ मा कलंकी–थानकोट जस्तो व्यस्त नाका पर्ने भएकाले बास्तोलाले यस क्षेत्रको सुधारका लागि योजना अघि सारेकी छन् । उनको योजनामा यस क्षेत्रलाई 'कनेक्टिङ हब' का रूपमा विकास गर्दै ट्राफिक जामको दीर्घकालीन समाधान र सुविधासम्पन्न पार्किङ स्थलको निर्माण गर्ने, वैकल्पिक सडकहरूको निर्माण, व्यवस्थित तरकारी बजार र नदी किनारका बस्तीहरूको उचित व्यवस्थापन गर्ने, ऐतिहासिक टेकु र विष्णुदेवी घाटको संरक्षण तथा सम्वर्द्धन गर्ने तथा भ्रष्टाचार नियन्त्रण र सरकारी सेवामा पारदर्शिता कायम गर्ने प्रतिबद्धता रहेका छन्।
_TiRotpqFCN.jpg)
यस क्षेत्रमा बास्तोलाका मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल (डीपी) र नेकपा एमालेका अजयक्रान्ति शाक्य रहेका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले राधाकृष्ण महर्जनलाई मैदानमा उतारेको छ।
_GT1diSScS5.jpg)
अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए। अहिले फेरिएको राजनीतिक समीकरण र नयाँ अनुहारहरूको उपस्थितिले काठमाडौँ-९ को नतिजा कसको पक्षमा जान्छ भन्ने कुरा निकै रोचक बनेको छ।
_2HMtlaz9G0.jpg)
बास्तोलाले भने महिला र युवा पुस्ताको बलियो प्रतिनिधित्व भएकाले यसपटक आफूले जित्ने विश्वास व्यक्त गरेकी छन्।
_u38cmj6eSX.jpg)
_OHKbLFwdYb.jpg)
_z4Z7dhNMKg.jpg)
_dfYxddaOQK.jpg)
_jl85lQC4Oh.jpg)
_ifvF6eTtRf.jpg)
_GMcoZR5vLc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण