पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुस् : गगन थापा
बाँके । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताएका छन् । उनले आगामी चुनावपछि काम गरेर देश अघि बढाउनुपर्ने बताए।
बाँकेको जानकी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति थापाले मतदातालाई घरघरमा गएर रुखमा मतदानका लागि अनुरोध गर्दै उक्त कुरा बताएका हुन्।
बाँकेका मतदातालाई सम्बोधन गर्दै थापाले स्व सुशील कोइरालाले बनाएको संविधानको राजमार्गमा कांग्रेसको गाडी रफ्तारमा दौडाउने उल्लेख गरे। सुशासनका लागि आगामी ५ वर्षका लागि कांग्रेसले ‘एक्स्ट्रा अर्डिनरी’ तरिकाले काम गर्नुपर्ने उनको भनाइ थियो ।
विसं २०४६ पछिका भ्रष्टाचारका मुद्दा छानबिन गर्ने भन्दै सभापति थापाले हिजो गरेका गल्ति सच्याउनुपर्ने र हिजोको फोहर सफा गरिने बताए। पेटमा भोक छ, आँखामा सपना छ अनि सङ्कल्पसहित अघि बढ्ने योजना रहेको उल्लेख गर्दै सभापति थापाले पार्टी एकढिक्का रहेको र कुनै समस्या नभएको बताए। चुनाव केन्द्रित कांग्रेसका सभालाई सम्बोधन गर्ने कार्यक्रमअन्तर्गत उहाँ आज बाँके आइपुगेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
-
लैङ्गिक हिंसाविरुद्ध एकीकृत कानुन बन्दै, मानव बेचबिखन नियन्त्रण ऐन संशोधन हुने
-
शहिद परिवारका १६ जनालाई प्राधिकरणमा रोजगारी
-
इनड्राइभमा यात्रा गर्दा विश्वकप फुटबल हेर्ने फ्री पास जित्ने मौका
-
घोराही उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक : बाँझो जमिन उपयोग गर्न भूमि बैंक र साप्ताहिक हाटबजार सञ्चालन गरिने
-
रक्षा बमको प्रश्न : जेनजी आन्दोलन यो सरकारको जरा हो, अब वाचा पूरा नगर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण