आफ्नो अभिव्यक्तिप्रति आशिकाले मागिन् माफी
काठमाडौँ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार आशिका तामाङले घरदैलो अभियानका क्रममा भएको अभिव्यक्ति त्रुटिप्रति सामाजिक सञ्जालमार्फत क्षमायाचना गरेकी छन् ।
उनका अनुसार घरदैलो सुरु गरेको एक महिनाभन्दा बढी समय बितिसकेको छ। 'काठमाडौं जिल्लाभन्दा ठुलो भूगोल भएको धादिङको एक वडामै हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म निरन्तर दौडधुप गर्दै जनताका घरघर पुगिरहेकी छु,' उनले उल्लेख गरेकी छन् ।
आफूले छोटो मन्तव्य दिने क्रममा 'धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार अन्त्य गर्न आएकी हुँ' भन्न खोज्दा थकानका कारण ‘अन्त्य’ शब्द स्पष्ट रूपमा नपढिएको र 'भ्रष्टाचार गर्छु' भन्ने शब्द उच्चारण हुन गएको स्पष्ट पारेकी छन् ।
'एकपटकका लागि गल्ती भयो, अबदेखि बोल्दा धेरै ध्यान दिनेछु र भविष्यमा यस्तो गल्ती नदोहोर्याउने बचा गर्दछु,' उनले सामाजिक सञ्जालमा लेखेकी छन् । तामाङले उक्त त्रुटिप्रति सम्पूर्ण धादिङबासीसँग क्षमा माग्दै आफ्नो अभियान सुशासन र भ्रष्टाचारविरुद्ध नै केन्द्रित रहने दोहोर्याएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण