पंगेनीलाई रसियन दूतावासको सम्मान
सारांश
- काठमाडौँस्थित रुसी दूतावासले भ्रष्टाचारविरोधी विज्ञापन प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका अनुराग पंगेनीलाई सम्मान गरेको छ।
- अनुरागले युवा समाजको दरारहरू सुधार गर्नुहोस् शीर्षकको प्रतियोगितामा १५ वर्षको उमेर समूहमा तेस्रो स्थान हासिल गरेका थिए।
- अनुरागको पोस्टरले युवाहरूमा इमानदारी, जवाफदेहिता र सामाजिक जिम्मेवारीको सन्देश दिन्छ।
काठमाडौँ । सन् २०२५ को भ्रष्टाचारविरोधी सामाजिक विज्ञापनका लागि अन्तर्राष्ट्रिय युवा प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका नेपालका अनुराग पंगेनीलाई काठमाडौँस्थित रसियन दूतावासले सम्मान गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा उनलाई रुसी दूतावासले मेडल प्रदान गरी सम्मान गरेको हो ।
नेपालका १५ वर्षीय विद्यार्थी अनुराग ‘युवा समाजको दरारहरू सुधार गर्नुहोस्’ शीर्षकको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत १० देखि १५ वर्ष उमेर समूहको प्रतिस्पर्धामा तेस्रो भएका थिए ।
अनुरागको पोस्टर युवाहरू माझ इमानदारी, जवाफदेहिता र सामाजिक जिम्मेवारीलाई प्रवर्धन गर्ने शक्तिशाली सन्देश र रचनात्मक अभिव्यक्तिको लागि अन्तर्राष्ट्रिय प्रविष्टिहरूमध्ये एक रहेको भन्दै रुसी दूतावासले भ्रष्टाचारविरुद्धको विश्वव्यापी लडाइँमा अर्थपूर्ण योगदान र युवा नेतृत्वको सामाजिक संलग्नताको प्रेरणादायी उदाहरण भएको बताएको छ ।
आयोजकको तर्फबाट उपलब्ध मेडल प्रदान गर्दै रुसी दूतावासका मिनिस्टर काउन्सिलर रिन्चेन राशेभले अनुरागलाई आगामी दिनमा पनि सृजनशील भएर अघि बढ्न सुझाव दिएका छन् । अनुरागले बनाएको भ्रष्टाचारविरुद्धको पोस्टर विश्वकै युवाहरूका लागि प्रेरणाको स्रोत भएको उनले बताए । रुसी दूतावासका प्रेस सेक्रेटरी एलेक्सजेन्डर इभाशेभले भ्रष्टाचारविरुद्धको अभियानमा सदैव लाग्न सुझाव दिँदै धन्यवाद ज्ञापन गरे ।
पुरस्कृत किशोर अनुरागले भ्रष्टाचारविरुद्धको आफूले बनाएको पोस्टरले नेपाली समाजलाई भ्रष्टाचारले भाँचिएको कमजोर सिसाको संरचनाको रूपमा देखाएको भन्दै अनुरागले पैसा मिसाइएको दाउराले प्रतीकात्मक रूपमा, लोभ र बेइमानीको प्रतिनिधित्व गरेको छ ।
साथै भ्रष्टाचारले युवाहरूको अवसरलाई कसरी खतरामा पार्ने स्पष्ट गर्दै आशाको सन्देश प्रदान गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण