धनुषामा खुकुरी प्रहारबाट युवकको हत्या, प्रेम सम्बन्ध कारण हुनसक्ने आशंका
बिहीबार, १४ फागुन २०८२, २३ : ११
सारांश
- धनुषाको औरही गाउँपालिकामा एक युवकको खुकुरी प्रहार गरी हत्या गरिएको छ।
- मृतक हंसपुर नगरपालिकाका सुमित मण्डल रहेको र उनको एक युवतीसँग प्रेम सम्बन्ध रहेको खुलेको छ।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र पोस्टमार्टमका लागि शव अस्पताल पठाइएको छ।
जनकपुर । धनुषामा एक युवकको खुकुरी प्रहार गरी हत्या गरिएको छ । जिल्लाको औरही गाउँपालिका वडा नम्बर–६ मा धारिलो हतियार प्रहारबाट हंसपुर नगरपालिका वडा नम्बर–९ निवासी सुमित मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रमुख रुग्म कुँवरका अनुसार बिहीबार अपराह्न करिब ४ बजेतिर घटनाबारे सूचना प्राप्त भएको थियो । त्यसपछि घटनास्थलमा खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक मण्डलको एक युवतीसँग प्रेम सम्बन्ध रहेको देखिएको छ । सोही विषयका कारण घटना भएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । यद्यपि घटनाको यथार्थ कारण खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले स्पष्ट पारेको छ ।
मण्डलको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । प्रहरीले घटनाको विस्तृत विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण