२२ जनाले लिए बोर्डको स्पट सिंक साउन्ड ट्रेनिङ
सारांश
- चलचित्र विकास बोर्डले 'स्पट सिंक साउन्ड ट्रेनिङ' आयोजना गर्यो, जसमा २२ जना सहभागी भए।
- प्रशिक्षणले चलचित्रको गुणस्तर बढाउन र 'लाइभ साउन्ड' प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास छ।
- बोर्डका अध्यक्ष दिनेश डिसीले यस्तो तालिम निर्देशकहरूको लागि उपयोगी हुने बताए।
काठमाडौं । चलचित्र विकास बोर्डले दक्षता अभिवृद्धि वर्ष २०८२ अन्तर्गत आयोजना गरेको ‘स्पट सिंक साउन्ड ट्रेनिङ’ २२ जनाले लिएका छन् । छायाङ्कन स्थलमै प्रत्यक्ष ध्वनि अंकन गर्ने प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित दुई दिने उक्त प्रशिक्षणले चलचित्रको गुणस्तरमा बढ्ने विश्वास व्यक्त गरिएको छ ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा छायाङ्कनकै क्रममा ‘लाइभ साउन्ड’ प्रयोग गर्ने अभ्यास बढ्दै गइरहेको सन्दर्भमा अडियो भिजुअल सोसाइटी अफ नेपाल (एभिएसएन)को संयोजनमा बोर्डले यो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमका अवसरमा बोर्डका अध्यक्ष दिनेश डिसीले छायाङ्कन स्थलमै गुणस्तरीय ध्वनि अंकन गर्ने निर्देशकहरूको सोचलाई प्राविधिक रूपमा सशक्त बनाउन यस्तो तालिम उपयोगी हुने बताए ।
‘करिब दुई दर्जन दक्षता अभिवृद्धि कार्यक्रममध्ये ‘स्पट सिंक साउन्ड ट्रेनिङ’ एक महत्वपूर्ण कार्यक्रम हो’, उनले भने, ‘यसको दोस्रो चरण पनि चाँडै आयोजना गर्ने तयारीमा छौँ ।’
कार्यक्रममा एभिएसएनका अध्यक्ष विपिन स्थापित, वोर्ड सदस्य वीरेन्द्र भट्ट, अन्तर्राष्ट्रिय चलचित्र समितिका सदस्य विष्णु शर्मा, अधिकृतद्वय हरिसिंह रैखोला र निर्मला चौलागाईं लगायतको उपस्थिति थियो। प्रशिक्षणले नेपाली चलचित्रमा ‘डबिङ’मा निर्भरता घटाउँदै मौलिक ध्वनि र यथार्थपरक प्रस्तुति सुदृढ गर्न मद्दत पुग्ने अपेक्षा बोर्डको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण