महिला भएकै कारण अपमान सहनुपर्छ : निर्देशक संगीता श्रेष्ठ
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को दशौँ संस्करण चैत १९ देखि २३ सम्म काठमाडौँमा आयोजना हुँदैछ । निफको ‘प्री–इभेन्ट’ अन्तर्गत रहेर विभिन्न व्यक्तित्वहरूसँग अन्तक्र्रिया कार्यक्रम जारी छ ।
यस्तै नक्सालस्थित कान्तिपुर थिएटरमा शुक्रबार निफले ‘हर सिनेमा, हर भोइस’ तीन महिला निर्देशक समुन्द्र भट्ट, उषा रजक र संगीता श्रेष्ठसँग अन्तक्र्रिया गरेको छ ।
कार्यक्रममा तीन निर्देशकहरूले कामका दौरान महिला भएकै कारण आफूहरूले भोगेको ‘अपमान’ र कठिनाइ सेयर गरे । संगीता श्रेष्ठले महिला निर्देशकहरूको बौद्धिकता र रचनात्मक क्षमताको कदर नभएको यथार्थ सुनाइन्।
‘एउटा भिडियो वा फिल्म तयार हुन्छ तर, त्यसको जस महिला निर्देशकले पाउँदैनन् । ‘क्यामेराम्यानले खिचिदियो होला, सम्पादकले भिडियो तयार गर्यो होला । त्यसले के भूमिका छ र ?’ भन्ने कुरा सुनिन्छ’, उनले भनिन् ‘यो महिला निर्देशकको क्षमतालाई शून्यमा झार्ने काम हो ।’
महिला भएकै कारण आफूले छायाङ्कन स्थलमा निर्देशकको दर्जा नपाएको समुन्द्र भट्टले सुनाइन् । उनले भनिन्, ‘एक फिल्मको सुटिङ सकिएपछि निर्माता र क्यामेराम्यानले अनुमति बिना नै अर्को पुरुष निर्देशक खोजेर बेड सिन खिच्नुभएको छ, जुन फिल्ममा म निर्देशक थिएँ ।’
यस विषयको प्रतिकार गर्दा आफूलाई बदनाम गराउने प्रयास भएको उनको दाबी छ । निर्देशक उषा रजकले सेयर गरिन्, ‘महिला निर्देशकहरूलाई बजारले पत्याउँदैन । स्पोन्सर र लगानीकर्ता भेट्नै सकिँदैन ।’
यही विषयसँग सम्बन्धित अर्को यथार्थ समुन्द्रले सेयर गरिन् । ‘बजारमा महिला निर्देशकको प्रोजेक्टमा लगानी गर्ने निर्माता पाइँदैनन् । मैले आफ्नै श्रीमान्लाई निर्माता बनाउँदा, ‘मूर्ख बुढाको सम्पत्ति सकाउने भई’ भन्ने टिप्पणी गरेको सुनेको छु ।’
फिल्म क्षेत्रमा महिला निर्देशकको बौद्धिकता र रचनामा अविश्वास प्रमुख समस्या रहेको उनीहरूको भनाइ छ । महिला भएका कारण सहकर्मीबाट अपमानजनक व्यवहार खेप्नुपर्ने दुःखद विषय रहेको उनीहरूले भोगाइ सुनाए ।
कार्यक्रममा निफका अध्यक्ष केपी पाठकले महिला मेकरहरूले फिल्म क्षेत्रमा भोग्नु परेको समस्या उजागर गर्न यो कार्यक्रम राखिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण