नेकपाका केन्द्रीय सदस्य विनोद पहाडी एमाले प्रवेश
विष्णु पौडेलले गरे स्वागत
शनिबार, १६ फागुन २०८२, १३ : २२
सारांश
- नेकपा केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य विनोद पहाडी एमालेमा प्रवेश गरे।
- उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरूले पार्टीमा स्वागत गरे।
- पहाडीले राष्ट्रिय स्वाभिमान र विचारलाई आधार मानेर एमाले रोजेको बताए।
रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा , नेता लीला गिरीले पार्टीमा स्वागत गरेका छन् । उनी राष्ट्रिय दलित पत्रकार महासङ्घका अध्यक्ष हुन् ।
एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढतालाई आधार मानेर रोजेको बताए । उनले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको बताए ।
पहाडीले कुनै लोभमा र लहडमा नभएर विचारका आधारमा एमाले रोजेको जनाए । उनीसँगै नेकपा रुपन्देहीका सदस्य सरोज गौतम र नगर सदस्य जनक गौतम पनि एमाले प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण