संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
सारांश
- इजरायल र इरानबीच युद्ध सुरु भएपछि संयुक्त राष्ट्रसंघले सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएको छ।
- बहराइन, कोलम्बिया, चीन, रुस र फ्रान्सको अनुरोधमा बैठक बोलाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा भएको सैन्य कारबाहीको आलोचना गर्दै युद्ध रोक्न आह्वान गरेका छन्।
काठमाडौँ । इजरायल र इरानबिच युद्ध सुरु भएलगत्तै संयुक्त राष्ट्रसङ्घले सुरक्षा परिषद्को आपतकालीन बैठकले बोलाएको छ । राष्ट्रसङ्घले शनिबार सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएको हो ।
बैठक बहराइन, कोलम्बिया, चीन, रुस र फ्रान्सको अनुरोधमा बोलाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा भएको सैन्य कारबाहीको आलोचना गरेका छन्।
उनले एक विज्ञप्ति जारी गर्दै यस्ता कार्यहरूले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई कमजोर पारेको जनाउँदै तत्काल युद्ध रोक्न आह्वान गरेका छन् । अमेरिका र इजरायलले इरानविरुद्ध आक्रमण गरेपछि मध्यपूर्वमा तनाव सुरु भएको हो ।
शनिबार अमेरिका र इजरायलले आक्रमण गरेपछि इरानले पनि मध्यपूर्वमा विभिन्न देशमा रहेका अमेरिकी सैन्य बेसक्याम्पमाथि आक्रमण सुरु गरेको छ ।
आक्रमणमा इरानी विद्यालय भवनमा ८५ जनाको मृत्यु भएको छ भने इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर समेत मारिएको दाबी सञ्चारमाध्यामहरुले गरेका छन् । त्यस्तै खाडी मुलुकमा पनि केही व्यक्ति हताहत भएका समाचार आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण