इरान–इजरायल युद्ध
कतारमा अर्को सूचना नभएसम्म सबै सार्वजनिक कार्यक्रममा रोक
शनिबार, १६ फागुन २०८२, २३ : ४७
सारांश
- इरान-इजरायल तनावका कारण दोहामा विस्फोटका आवाज सुनिएपछि सरकारले सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएको छ।
- कतार सरकारले होटल तथा पर्यटकीय स्थलहरूमा हुने सबै सार्वजनिक कार्यक्रमहरू स्थगित गर्ने घोषणा गरेको छ।
- रमजान महिनामा हुने रमजान टेन्ट र इफ्तार कार्यक्रमहरू पनि अर्को सूचना नआएसम्म बन्द गरिएको छ।
काठमाडौँ । इरान–इजरायल तनावका कारण कतारको राजधानी दोहाको आकाशमा दिनभरि विस्फोटका शृङ्खलाबद्ध आवाजहरू सुनिएपछि सरकारले अर्को सूचना जारी नभएसम्मका लागि सबै सार्वजनिक कार्यक्रमहरूमाथि प्रतिबन्ध लगाएको छ ।
कतार सरकारले होटल तथा पर्यटकीय स्थलहरूमा हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम, भेला र मनोरञ्जनात्मक गतिविधिहरू तत्कालका लागि स्थगित गर्ने घोषणा गरेको हो ।
यसका साथै, रमजान महिनाको अवसरमा होटल र पर्यटकीय स्थलहरूले कम्पनी, सरकारी निकाय तथा सर्वसाधारणका लागि आयोजना गर्ने रमजान टेन्ट र इफ्तार कार्यक्रमहरू पनि पूर्ण रूपमा बन्द गरिएका छन् । यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण