इरान–इजरायल युद्ध
इरानको इस्फाहानमा इजरायली हमलाको चेतावनी, औद्योगिक क्षेत्र तुरुन्त खाली गर्न निर्देशन
आइतबार, १७ फागुन २०८२, ०० : ३१
सारांश
- इजरायली सेनाले इस्फाहान क्षेत्रका औद्योगिक क्षेत्र खाली गर्न चेतावनी जारी गरेको छ।
- आईडीएफले सामाजिक सञ्जालमार्फत केही मिनेटमा सैन्य हमला हुने संकेत गरेको छ।
- माजराए गाउँका बासिन्दाहरूलाई घरभित्रै बस्न र औद्योगिक क्षेत्रको नजिक नजान निर्देशन दिइएको छ।
काठमाडौँ । इजरायली रक्षा बलले इरानको इस्फाहान क्षेत्रस्थित एक औद्योगिक क्षेत्रमा रहेका ‘सबैलाई’ तत्कालै उक्त स्थान खाली गर्न आपत्कालीन चेतावनी जारी गरेको छ ।
आईडीएफले सामाजिक सञ्जाल एक्समार्फत उक्त चेतावनी दिँदै केही बेरमा सैन्य हमला हुने संकेत गरेको हो । पोस्टमा भनिएको छ ‘केही मिनेटमा, इजरायली सेनाले यस क्षेत्रमा रहेका सैन्य पूर्वाधारहरूमा आक्रमण गर्नेछ ।’
साथै, उक्त प्रान्तको माजराए गाउँका बासिन्दाहरूलाई बिहानसम्म घरभित्रै बस्न र आक्रमण सम्पन्न भएपछि औद्योगिक क्षेत्रको नजिक नजानसमेत निर्देशन दिइएको छ ।
इस्फाहान महत्त्वपूर्ण आणविक तथा सैन्य–औद्योगिक सुविधाहरू भएको इरानको एक संवेदनशील क्षेत्र मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण