टिकटकमा खुकुरी देखाएर भिडियो पाेष्ट गर्ने ३ जना पक्राउ
आइतबार, १७ फागुन २०८२, १२ : ५१
सारांश
- सुर्खेत प्रहरीले टिकटकमा खुकुरी देखाउँदै भिडियो पोस्ट गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ।
- पक्राउ पर्नेमा १८ वर्षीय सुरेन्द्र शाही, १९ वर्षीय असिम सावद र १८ वर्षीय प्रकाश सुनार रहेका छन्।
- प्रहरीले उनीहरुलाई सार्वजनिक शान्ति भंगसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको छ।
सुर्खेत । सुर्खेत प्रहरीले टिकटकमा खुकुरी देखाउँदै भिडियो पोस्ट गर्ने तीन नियन्त्रणमा लिएकाे छ ।
पक्राउ पर्नेमा कालिकोट शुभकालिका गाउँपालिका घर भई वीरेन्द्रनगर नगरपालिका–१० एयरपोर्ट बस्ने १८ वर्षीय सुरेन्द्र शाही, दैलेख घर भई एरपोर्टमै बस्ने, कक्षा १२ मा अध्ययनरत १९ वर्षीय असिम सावद र दैलेख घरभई वीरेन्द्रनगर–११ पिपिरा बस्ने, कक्षा १२ मा अध्ययनरत १८ वर्षीय प्रकाश सुनार रहेका छन्।
खुकुरी देखाउँदै भिडियो पोस्ट गरी सार्वजनिक शान्ति खलल पुर्याएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक माेहनजंग बुढ्थापाले बताए।
'प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति भंगसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेकाे छ,' उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण