भक्तपुरमा होलीको बहानामा चुनावी प्रचार प्रसारको टिसर्ट प्रहरीले बरामद गर्यो
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले फागु पूर्णिमा (होली) पर्वको बहानामा चुनावी प्रचारप्रसारका लागि ल्याइएका टिसर्टहरू बरामद गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको तस्बिर अंकित टिसर्ट बिक्रीवितरण भइरहेको अवस्थामा प्रहरीले ती सामग्री नियन्त्रणमा लिएको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी होलीको मौका छोपेर ती प्रचार सामग्री बजारमा ल्याइएको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार, फागुन १६ गते भक्तपुर जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा गस्ती गर्ने क्रममा उम्मेदवारको फोटो छापिएका ९५ थान टिसर्टहरू बरामद गरिएको हो ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिताले उम्मेदवारको तस्बिर वा चुनाव चिह्न अंकित पोसाक, टोपी, टिसर्ट वा झोला जस्ता सामग्री निर्माण, बिक्रीवितरण र प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएको छ । तर, होली पर्वको रमाइलो गर्ने बहानामा आचारसंहिताको उल्लंघन गर्दै प्रचारप्रसार गर्न खोजिएपछि प्रहरीले कडाइ गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण