चुनावमा तेस्रो घेरामा सेना, मतपेटिकालाई मतगणना स्थलसम्म पुर्याउने
सारांश
- नेपाली सेनाले फागुन २१ को निर्वाचनमा तेस्रो घेराको सुरक्षा दिने र मतपेटिका सुरक्षित गर्ने जनाएको छ।
- निर्वाचन सुरक्षा व्यवस्थापन प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र एकीकृत सुरक्षा योजना अनुसार हुनेछ।
- सेनाले २०४८ सालदेखि नै निर्वाचन सुरक्षामा भूमिका खेल्दै आएको छ, र यसपटक पनि प्रतिबद्ध रहेको जनाएको छ।
काठमाडौँ । नेपाली सेनाले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो सुरक्षा जिम्मेवारी स्पष्ट पारेको छ । सेनाले निर्वाचनमा तेस्रो घेराको सुरक्षा प्रदान गर्नुका साथै मतदान सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउने आइतबार विज्ञप्तिमार्फत जनाएको छ ।
नेपाली सेनाको जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा निर्वाचन सुरक्षा व्यवस्थाका सबै कार्यहरू “प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४“ र “प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२“ अनुसार सञ्चालन भइरहेको उल्लेख छ ।
विज्ञप्ति अनुसार, विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि मतदान समापन भएपछि स्थापित प्रोटोकल अनुरूप मतपेटिका ढुवानी गरिनेछ । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरू र नेपाली सेनासहितको एकीकृत टोलीले मतपेटिकालाई मतगणना स्थलसम्म सुरक्षित रूपमा पुर्याउने कार्य गर्नेछन् ।
नेपाली सेनाले वि.सं. २०४८ सालको प्रतिनिधि सभा निर्वाचनदेखि नै निर्वाचन सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गराएको छ ।
सम्बद्ध सबै निकायहरूसँगको समन्वय र सहकार्यमा एकीकृत सुरक्षा योजनाअनुसार आसन्न निर्वाचनलाई सुरक्षित र भयरहित रूपमा सम्पन्न गराउन आफू पूर्ण प्रतिबद्ध रहेको नेपाली सेनाले स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण