नेपाली कस्मेटिक ब्रान्ड ‘लाली’ को दरबारमार्गमा फ्ल्यागसिप स्टोर सञ्चालन
सारांश
- लाली ब्रान्डले दरबारमार्गस्थित 'द पार्क' मा आफ्नो पहिलो फ्ल्यागसिप स्टोर खोलेको छ।
- लालीले नेपाली सौन्दर्य सामग्रीलाई विश्वबजारसम्म पुर्याउने लक्ष्य राखेको छ।
- शार्क ट्याङ्क नेपालमा सहभागी भएपछि लाली ब्रान्डले चर्चा बटुलेको थियो।
काठमाडौँ। नेपाली कस्मेटिक तथा पर्सनल केयर उद्योगमा नयाँ आयाम थप्दै चर्चित ब्रान्ड ‘लाली’ ले दरबारमार्गस्थित ‘द पार्क’ मा आफ्नो पहिलो फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याएको छ। शनिबार एक समारोहका बिच स्टोरको औपचारिक उद्घाटन गरिएको हो।
स्थानीय स्रोतसाधनको प्रयोग गरी उत्पादन गरिएका उच्च गुणस्तरीय नेपाली सौन्दर्य सामग्रीलाई विश्वबजारसम्म पुर्याउने लक्ष्यका साथ लालीले आफ्नो रिटेल स्पेस विस्तार गरेको हो। ‘टच अफ नेपाल’ भन्ने मूल मन्त्रका साथ स्थापित लालीले परम्परागत हिमाली ज्ञान र आधुनिक कस्मेटिक मापदण्डलाई मिसाएर छाला तथा कपालको हेरचाह गर्ने सामग्रीहरू उत्पादन गर्दै आएको छ।
विशेष गरी 'शार्क ट्याङ्क नेपाल' मा सहभागी भएपछि यो ब्रान्डले ठूलो चर्चा र लगानी प्राप्त गरेको थियो। लालीको विज्ञ टोलीमा क्याबिनेट श्रेष्ठ, हेमराज ढकाल, सलोनी राजभण्डारी र ब्रान्डको मुख्य अनुहारका रूपमा पूर्व मिस नेपाल प्रियंका रानी जोशी रहेका छन्।
स्टोर उद्घाटनका क्रममा लालीका प्रतिनिधिहरूले नेपालका प्राकृतिक स्रोतहरू विश्वस्तरीय छन् भन्ने प्रमाणित गर्न आफूहरू लागिपरेको बताएका छन्। ‘यो स्टोर केवल उत्पादन बेच्ने ठाउँ मात्र होइन, यो नेपाली उद्यमशीलताको नयाँ ऊर्जा र शैलीको प्रतीक हो,’ विज्ञप्तिमा भनिएको छ।
लालीले पूर्ण रूपमा प्राकृतिक, अर्गानिक र हस्तनिर्मित कस्मेटिक्स निर्माणमा आफूलाई केन्द्रित गरेको छ। स्थानीय सामग्रीको प्रयोगमार्फत प्रिमियम स्किनकेयर उपलब्ध गराउँदै नेपाली विरासतलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने यसको मुख्य उद्देश्य रहेको छ। स्वदेशी जडीबुटी र मौलिक कच्चा पदार्थको प्रयोगले गर्दा भीडभाडयुक्त कस्मेटिक बजारमा लालीले आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाउन सफल भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण