राप्रपा रुपन्देहीको दोहोरी : समर्थन गर्ने र नगर्ने वक्तव्यबाजी
सारांश
- राप्रपा रुपन्देहीले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेकोमा आपत्ति जनाएको छ।
- क्षेत्रीय सभापतिले पार्टीलाई जानकारी नगराई कांग्रेसलाई समर्थन गरेको आरोप छ।
- राप्रपाले मतदातालाई विचलित नहुन आग्रह गर्दै समर्थनलाई खारेज गरेको जनाएको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रुपन्देहीले निर्वाचन क्षेत्र नम्बर २ का पार्टीका उम्मेदवारले आर्थिक प्रलोभनमा परेर कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको बताएको छ ।
अध्यक्ष सागरप्रताप राणाले आइतबार विज्ञप्ति जारी गर्दै राप्रपा रुपन्देही क्षेत्र नम्बर २ ले फागुन २१ मा हुने निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
साथै उनले सो क्षेत्रमा राप्रपाको तर्फबाट उम्मेदवार नभएको अवस्थामा पार्टीको जिल्ला कार्यसमितिलाई समेत कुनै पनि जानकारी नगराई क्षेत्रीय सभापतिले हस्ताक्षर गरेर नेपाली कांग्रेसका उम्मेदवारलाई चुनावमा समर्थन गरेको भन्ने कुरा पूर्णरूपमा पार्टी संगठन नीति विपरीत रहेको बताएका छन् ।
‘अहिलेको सन्दर्भमा पार्टीले अहिलेसम्म आधिकारिक रूपमा कसैलाई पनि समर्थन नगरेको स्पष्ट पार्दै क्षेत्रीय समापतिले आर्थिक प्रलोभनमा परी आफ्नो एकल निर्णयबाट गरेको समर्थनलाई पार्टीका तर्फबाट खण्डन गर्न चाहन्छु’, राणाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राप्रपा रुपन्देहीले निर्वाचनको सम्मुखमा मतदाता प्रभावित पार्ने गरी गरिएको उक्त कार्यप्रति पूर्णरुपमा खेद प्रकट गर्दै राप्रपाको मतदातालाई विचलित नहुन पनि आग्रह गरेको छ ।
यसअघि सोमबार नै रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेसलाई समर्थन गर्ने जनाएको थियो । राप्रपाका क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति जारी गर्दै देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली कांग्रेससँग एजेन्डा नजिक रहेकोले सोही पार्टीका चुन्नु पौडेललाई समर्थन गर्ने निर्णय गरिएको जनाएका थिए ।
उक्त क्षेत्रमा नेकपा एमालेबाट विष्णुप्रसाद पौडेल,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सुभाष पाण्डे,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुलभ खरेललगायत उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण