फागुन २१ को चुनाव जनमत सङ्ग्रह पनि हो : अध्यक्ष ओली
सारांश
- केपी शर्मा ओलीले आगामी निर्वाचनलाई जनमत सङ्ग्रहको रूपमा लिनुपर्ने बताएका छन्।
- उनले निर्वाचनले राष्ट्रवादी र राष्ट्र विरोधी शक्ति छुट्याउने दाबी गर्दै अस्थिरता निम्त्याउन खोज्नेहरूलाई हराउनुपर्ने बताए।
- ओलीले झापा-५ का मतदाताहरूसँगको भेटघाटमा देशलाई विदेशी प्रभावबाट जोगाउन राष्ट्रवादी शक्ति आवश्यक रहेको बताए।
झापा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव नभएर जनमत सङ्ग्रह समेत रहेको बताएका छन् ।
निर्वाचनले राष्ट्रवादी र राष्ट्र विरोधी कित्ताको निर्क्याेल गर्ने भएकाले यसलाई जनमत सङ्ग्रहको रूपमा लिनुपर्ने ओलीको भनाइ छ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएका बेला पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५ का मतदाताहरूसँग साक्षात्कार गरिरहेका छन् ।
यसैक्रममा आइतबार दमक नगरपालिका–१ मा भएको कार्यक्रममा उनले आगामी निर्वाचनलाई साधारण चुनाव मात्र नभई जनमत सङ्ग्रहको रूपमा लिनु पर्ने बताएका हुन् ।
‘यो निर्वाचनबाट जनताले राष्ट्रवादी र राष्ट्र विरोधी कित्ताको निर्क्योल गर्छन्’, ओलीको भनाइ छ । उनले देशलाई अस्तव्यस्तामा धकेलेर अस्थिरता निम्त्याउन खोज्नेहरू सक्रिय हुन खोजेको भन्दै आगामी चुनावबाट त्यस्तालाई सधैँका लागि थान्को लगाउनुपर्ने बताए ।
नेपालाई विदेशीको परेड खेल्ने स्थल हुन बाट जोगाउन समेत आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिको जीत जरुरी रहेको भन्दै उनले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरी रहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण