काठमाडौँ -५ मा कांग्रेस र एमालेबाट १६ जना रास्वपा प्रवेश
सारांश
- काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेस र एमाले परित्याग गर्दै १६ जना रास्वपामा प्रवेश गरे।
- महाराजगन्जमा आयोजित कार्यक्रममा उम्मेदवार सस्मित पोख्रेलले नवप्रवेशीहरूलाई स्वागत गरे।
- नवप्रवेशीहरूले वैकल्पिक राजनीतिको आवश्यकता देखेर रास्वपा रोजेको बताए भने पोख्रेलले परिवर्तनको लहर सुरु भएको दाबी गरे।
काठमाडौँ । काठमाडौँ क्षेत्र नं. ५ मा नेपाली कांग्रेस र नेकपा (एमाले) परित्याग गर्दै १६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
महाराजगन्जस्थित पार्टी कार्यालयमा आइतबार आयोजित कार्यक्रममा क्षेत्र नं. ५ का उम्मेदवार सस्मित पोख्रेलले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए।
पार्टी प्रवेश गर्नेहरूमा रामप्रसाद पौडेल, विष्णु पौडेल, पवित्रा खड्का, खड्गबहादुर कार्की, सजना कार्की (महिला), भगवती खत्री (खरेल), बालकुमारी सिग्देल, दिव्या गिरी, सुष्मिता गिरी, कविता कार्की, विज्ञान कार्की, नीरज कार्की, मिना कार्की, श्रीर कार्की, विष्णु कार्की र सागर कार्की रहेका छन्।
नवप्रवेशीहरूले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै रास्वपामा आवद्ध भएको बताएका छन्। कार्यक्रममा उम्मेदवार पोख्रेलले क्षेत्र नं. ५ मा परिवर्तनको लहर सुरु भइसकेको दाबी गर्दै संगठन सुदृढीकरणमा सबैलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। उनले आगामी दिनमा अझ धेरै जनप्रतिनिधि तथा युवाहरू रास्वपामा जोडिने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपका खेलमा लगातार ८ गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण