अपडेट
राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी
सोमबार, १८ फागुन २०८२, ११ : ००
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छिन्।
- सम्बोधन फागुन २१ को प्रतिनिधि सभा निर्वाचन र समसामयिक विषयमा केन्द्रित हुनेछ।
- सम्बोधन प्रत्यक्ष प्रसारण गर्ने वा रेकर्डिङ गर्ने भन्नेबारे छलफल भइरहेको छ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन र समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानममन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।
‘आज प्रधानमन्त्रीज्युले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भइरहेको छ’, रावलले भने, ‘प्रत्यक्ष प्रसारण गर्ने कि रेकर्डिङ गरेर सार्वजनिक गर्ने भन्ने सल्लाह हुँदैछ । जे भए पनि एउटा महत्त्वपूर्ण सन्देश आज आउँदैछ ।’
गत भदौमा भएको जेनजी आन्दोलनपछि भदौ २७ मा कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने प्रमुख जिम्मेवारी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण