भारत भ्रमणमा रहेका मार्क कार्नीले भेटे नरेन्द्र मोदीलाई
नयाँ दिल्ली । सम्बन्ध सुधार्ने उद्देश्यसहित क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भारत भ्रमण गरेका छन् । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका हुन् । चार दिने भारत भ्रमणमा रहेका कार्नीले फेब्रुअरी २८ मा मुम्बईबाट आफ्नो यात्रा सुरु गर्दै दिल्ली पुगेका हुन् । भेटअघि उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग पनि छलफल गरेका थिए ।
कार्नीले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, ‘टिम क्यानडा एउटा महत्त्वपूर्ण मिसनमा यहाँ छ । मुम्बईमा हामीले बलियो र लचिलो क्यानडेली अर्थतन्त्र निर्माणका लागि भारतसँग व्यापार दोब्बर बनाउने, ऊर्जा साझेदारी सुरक्षित गर्ने र ठुलो लगानी आकर्षित गर्ने विषयमा काम गर्याै ।’
दुवै नेताबिचको भेटपछि संयुक्त रूपमा पत्रकारसमक्ष वक्तव्य दिने कार्यक्रम तय गरिएको छ । दिल्लीको हैदराबाद हाउसमा बिहान करिब १०ः३० बजे दुई नेताबिच औपचारिक वार्ता सुरु भएको थियो । यस भ्रमणको मुख्य उपलब्धि क्यानडा र भारतबिच हुने भनिएको १० वर्षे युरेनियम आपूर्ति सम्झौता हुने मानिएको छ । करिब ३ अर्ब डलर बराबरको यो सम्झौता भएमा क्यानडालाई ऊर्जा शक्तिराष्ट्र बनाउने कार्नीको रणनीतिमा ठुलो सफलता मानिनेछ ।
विश्वको दोस्रो ठुलो युरेनियम उत्पादक क्यानडाले २०१३ मा लागू भएको आणविक सहकार्य सम्झौतापछि भारतलाई युरेनियम आपूर्ति गर्दै आएको छ । आफ्नो विस्तार हुँदै गएको आणविक ऊर्जा क्षेत्रमा इन्धन सुनिश्चित गर्न भारत थप युरेनियम किन्न इच्छुक रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण