मोरङ–६, डोल्पा र अछाममा उम्मेदवारी छोडेको छैन : उज्यालो नेपाल पार्टी
सारांश
- उज्यालो नेपाल पार्टीले निर्वाचनमा उम्मेदवारी फिर्ता लिएको हल्ला निराधार रहेको जनाएको छ।
- पार्टीले मोरङ, डोल्पा र अछाममा उम्मेदवार फिर्ता लिएको भ्रमपूर्ण समाचारको खण्डन गरेको छ।
- पार्टीले मतदातालाई भ्रममा नपर्न र उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको छ।
काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनमा केही निर्वाचन क्षेत्रहरूमा आफ्नो पार्टीले उम्मेदवारी छोडेको भनी फैलिएको हल्ला पूर्णतः निराधार रहेको स्पष्ट पारेको छ ।
पार्टीले विशेषगरी मोरङ क्षेत्र नम्बर ६, डोल्पा र अछाममा आफ्ना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको वा छोडेको भन्ने भ्रमपूर्ण समाचार र सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका प्रवक्ता डा. राजु थापाले एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका त्यस्ता अफवाहहरूमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।
'आसन्न प्रतिनिधि सभा निर्वाचनमा उज्यालो नेपाल पार्टीले आधिकारिक रूपमा निर्णय गरी उम्मेदवारी फिर्ता गराउने कुनै पनि कार्य गरेको छैन,' उनले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चुनावको मुखमा मतदातालाई दिग्भ्रमित पार्ने उद्देश्यले यस्ता निराधार हल्ला फैलाइएको भन्दै पार्टीले त्यस्ता अफवाहको पछि नलाग्न सबैमा आग्रह गरेको छ ।
साथै, प्रवक्ता थापाले कुनै पनि भ्रममा नपरी आफ्नो पार्टीका उम्मेदवारहरूलाई निर्धक्क भएर मतदान गर्न आम मतदातालाई अपिल समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण