निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा हुनुपर्छः नेता गुरुङ
सोमबार, १८ फागुन २०८२, १५ : ३७
लमजुङ । नेकपाका नेता देवप्रसाद गुरुङले आसन्न निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्।
जिल्ला निर्वाचन परिचालन समिति नेकपा लमजुङद्वारा आज लमजुङको बेंसीसहर नगरपालिका–७ मा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चुनावमा धाँधली हुन नदिनतर्फ सबै सचेत हुनुपर्ने बताए।
नेकपाको तर्फबाट लमजुङमा उम्मेदवार हरिजङ्ग तामाङले अहिलेको परिस्थितिमा युवालाई खोजिरहेको र आफू पनि युवा रहेकाले जिल्लाको समग्र विकासदेखि युवाको सपना साकार बनाउन आफूलाई मत दिएर जिताउन आग्रह गरे।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण