निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ : अनुगमन अधिकृतहरूलाई सुक्ष्म निगरानीको निर्देशन
काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता कार्यान्वयनमा कडाइ गर्दै अनुगमन अधिकृतहरूलाई सुक्ष्म निगरानी गर्न निर्देशन दिएको छ । सोमबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन आचारसंहिताको दफा ३२ बमोजिम तोकिएका अनुगमन अधिकृतहरूलाई आफ्नो जिम्मेवारी कडाइका साथ पालना गर्न निर्देशन दिइएको बताए।
प्रवक्ता भट्टराईकाअनुसार अनुगमन अधिकृतहरूलाई जिल्लाभित्र सुक्ष्म अनुगमन गर्न र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका कार्यहरू पाइएमा तत्काल कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन अधिकार प्रत्यायोजन गरिएको बताए ।
जिल्ला आचारसंहिता अनुगमन समितिसँगको सहकार्यमा अनुगमनकर्ताको अधिकार प्रयोग गरी आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइने आयोगले स्पष्ट पारेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता, २०८२ को प्रभावकारी कार्यान्वयनका लागि जोड दिएको बताए।
आयोगले सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरूलाई फरक–फरक कार्य जिम्मेवारीसहित अनुगमन अधिकृत तोकेको जानकारी दिए । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि (अर्थात २०८२ फागुन १८ गते राति १२ बजेदेखि) मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधिलाई आयोगले ‘प्रचारप्रसार निषेध अवधि’ (मौन अवधि) का रूपमा तोकेको छ ।
यस अवधिमा आचारसंहिताको दफा १७ र १८ बमोजिमका आचरणहरूको पूर्ण पालना गर्न आयोगले सबै पक्षलाई आग्रह गरेको प्रवक्ता भट्टराईले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण