धनगढी झडप प्रकरण : पक्राउ परेका १२ जनामाथि अनुसन्धान सुरु, असईको अवस्था गम्भीर
सारांश
- कैलाली गाउँमा होलीको निहुँमा प्रहरीमाथि आक्रमण गर्ने १२ जनामाथि अनुसन्धान सुरु भएको छ।
- होली खेल्ने क्रममा दुई पक्षबीचको विवादले उग्ररुप लिँदा प्रहरी र स्थानीयबीच झडप भएको थियो।
- घाइते असई डबल साउदको टाउकोमा गम्भीर चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको छ।
धनगढी । धनगढी–१३ कैलाली गाउँमा मंगलबार साँझ होलीको निहुँमा प्रहरीमाथि नै आक्रमण गर्ने समूहका १२ जनामाथि जिल्ला प्रहरी कार्यालय कैलालीले विस्तृत अनुसन्धान थालेको छ। झडपका क्रममा टाउकोमा गहिरो चोट लागेका असई डबल साउदको अवस्था भने अझै गम्भीर रहेको प्रहरीले जनाएको छ।
होली खेल्ने क्रममा दुई पक्षबिचको विवादले उग्र रूप लिँदा मंगलबार हिंसात्मक झडप भएको थियो। प्रहरी झगडाको कारणबारे अनुसन्धान गर्दैछ।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी नरेन्द्र चन्दका अनुसार हिजो घटनास्थलबाटै नियन्त्रणमा लिइएका १२ जनामाथि आज बिहानैबाट सोधपुछ र अनुसन्धान अघि बढाइएको छ। घटना बालबालिकाको झगडाबाट सुरु भए पनि त्यसमा ठूला मानिसहरू मिसिएर प्रहरीमाथि नै जाइलाग्नुले योजनावद्ध आक्रमण हो वा उत्तेजना मात्र हो भन्ने कोणबाट प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ।
घटनामा घाइते भएकामध्ये असई डबल साउदको टाउकोमा गम्भीर चोट लागेकाले उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ। उनको अहिले माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। यस्तै, घाइते इन्स्पेक्टर बलराम पाण्डे र अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
मंगलबार साँझ होली मनाउने क्रममा दुई पक्षबिच झडप हुँदा स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि नै स्थानीय जाइलागेका थिए। भिड अनियन्त्रित भएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिनुपरेको थियो। सो क्रममा प्रहरीको गाडीमा समेत क्षति पुगेको थियो।
घटनापछि थप हिंसा भड्किन नदिन नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण