नामी ईभीमा ११ वर्षको वारेन्टी दिने एमएडब्लू वृद्धिको घोषणा
काठमाडौँ । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले आफ्ना ग्राहकका लागि विशेष एक्टेन्डेड वारेन्टी कार्यक्रम सार्वजनिक गरेको छ।
कम्पनीले नामी बक्स र नामी भिगो मोडलका गाडी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ब्याट्री र मोटरमा ११ वर्ष वा २ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी दिने घोषणा गरेको हो।
यसअघि यी गाडीमा ८ वर्ष वा २ लाख किलोमिटरको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध थियो। नयाँ कार्यक्रमसँगै अब ग्राहकले थप ३ वर्ष वा ५० हजार किलोमिटरको अतिरिक्त सुरक्षा कवच प्राप्त गर्नेछन्।
एमएडब्लु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकारियाले ग्राहकको मानसिक शान्ति र सुरक्षित ईभी अनुभव सुनिश्चित गर्नु नै यो योजनाको मुख्य उद्देश्य रहेको बताएका छन्। उनले गाडीको स्वामित्व लिँदा ग्राहकलाई पूर्ण आत्मविश्वास दिलाउन यो कदम महत्त्वपूर्ण हुने दाबी समेत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण