चीनद्वारा आन्तरिक माग विस्तारलाई उच्च प्राथमिकता
सारांश
- चीनले सन् २०२६ सम्म आन्तरिक माग विस्तार र उपभोग वृद्धि गर्ने योजना बनाएको छ।
- उपभोक्ता वस्तुको अदला-बदली कार्यक्रम र लगानी आकर्षित गर्ने नीति लिइनेछ।
- रोजगारी र आय वृद्धि गरी नागरिकको क्रयशक्ति बढाउने लक्ष्य राखिएको छ।
काठमाडौँ । चीन सरकारले सन् २०२६ मा देशको आन्तरिक माग विस्तार गर्दै उपभोग वृद्धि सुदृढ गर्ने व्यापक योजना अघि सारेको छ । राष्ट्रिय जनसभाको १४औँ सत्रको चौथो बैठकको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लाउ छिनजियानले सरकारको प्राथमिकता आन्तरिक बजारलाई बलियो बनाउँदै आर्थिक स्थायित्व कायम गर्नु रहेको स्पष्ट पारे ।
उनका अनुसार, चीनले उच्च गुणस्तरीय उपभोक्ता वस्तु तथा सेवाको आपूर्ति विस्तार गर्दै सेवा क्षेत्रमा उपभोग बढाउन विशेष ध्यान दिनेछ । उपभोक्ता वस्तुहरूको अदला–बदली कार्यक्रमलाई अझ प्रभावकारी बनाइनेछ, जसले नागरिकलाई नयाँ र गुणस्तरीय सामग्री प्रयोग गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । साथै, अन्तर्राष्ट्रिय स्तरमा अनुकूल खपत वातावरण निर्माण गर्दै विदेशी तथा स्वदेशी लगानीलाई आकर्षित गर्ने नीति अवलम्बन गरिनेछ ।
सरकारले रोजगारी सिर्जना र आम्दानी वृद्धि मार्फत नागरिकको क्रय शक्ति बढाउने लक्ष्य पनि राखेको छ । सहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाको आयस्तर उकास्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ । शिक्षा, बाल हेरचाह, वृद्ध हेरचाह तथा स्वास्थ्य सुरक्षाजस्ता सामाजिक क्षेत्रमा सुधार गर्दै जनजीवनको गुणस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
विश्लेषकहरूका अनुसार, चीनले बाह्य चुनौतीहरूको सामना गर्दै आर्थिक वृद्धिलाई दिगो बनाउन आन्तरिक माग विस्तार’ रणनीतिलाई केन्द्रीय नीतिको रूपमा अघि सारेको हो । आगामी बैठकहरूमा यससम्बन्धी थप नीति तथा कार्यक्रमहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण