चुनावमा कसैको बहुमत आउँदैन, नयाँ र पुराना भन्ने भाष्य नै गलत छ : प्रचण्ड
सारांश
- प्रचण्डले चुनावमा नयाँ र पुराना दलको भाष्य गलत भएको बताएका छन्।
- उनले कुनै एक दलको मात्र बहुमत आउने सम्भावना नदेखेको र चार पार्टीबीच प्रतिस्पर्धा हुने बताए।
- प्रचण्डले निर्वाचनलाई राष्ट्रको स्थायित्व र समृद्धिको यात्राको रूपमा व्याख्या गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा नयाँ र पुराना दल वा नेता भनेर छुट्टाउने भाष्य गलत भएको बताएका छन्। मतदान केन्द्रबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले चुनावमा कुनै पनि एक दलको मात्रै बहुमत नआउने दाबी समेत गरेका हुन् ।
अहिले बजारमा नयाँ र पुरानो भनेर उठाइएको कुरा देश र लोकतन्त्रको हितमा नभएको प्रचण्डले जिकिर गरे। उनले नयाँ र पुरानो भन्दा पनि सही र गलत के हो भनेर छुट्याउनुपर्नेमा जोड दिए। राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा को छ, त्यसको आधारमा सही विचार र कार्यक्रम भएको नेतृत्वलाई भोट दिन उनले आम मतदातालाई अपिल गरे। सही र गलतको बिचमा मात्र चुनावमा बहस हुनुपर्ने उनको भनाइ थियो।
चुनावको नतिजा कस्तो आउँछ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिलेको निर्वाचन प्रणाली र समग्र अवस्था हेर्दा कुनै एउटा मात्र पार्टीको बहुमत आउने सम्भावना आफूले नदेखेको प्रष्ट पारे। उनले यसपटक मुख्य प्रतिस्पर्धा चारवटा पार्टीहरू नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने बताए। यद्यपि, आफ्नो दलको नतिजा भने राम्रो आउने उनले दाबी गरे।
रुकुम पूर्वबाट उम्मेदवार रहेका प्रचण्डले सुरुमा चुनाव हुँदैन कि भन्ने असहज परिस्थिति भए पनि आफ्नो नेतृत्वको पार्टीको दृढ अडानका कारण चुनाव सफल हुन लागेको बताए। यो निर्वाचन सामान्य मात्र नभई राष्ट्रको स्थायित्व र समृद्धिको यात्रा सुरु गर्न असाधारण महत्वको भएको उनले प्रष्ट पारे।
सुरुदेखि नै शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष निर्वाचन हुनुपर्नेमा आफूहरूको जोड रहेको बताउँदै उनले आम मतदातालाई उत्साहपूर्वक र सक्रियताका साथ मतदानमा सहभागी हुन आग्रह गरे। जति धेरै जनसहभागिता हुन्छ, स्थायित्वका लागि त्यति नै राम्रो नतिजा आउने उनको भनाइ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण